HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
January 4, 2022support@nrna.orgICC

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट बच्न नेपाल बाहिर बसोबास गर्ने नेपाली मध्ये ८८ प्रतिशत भन्दा बढीले कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लिएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा रहेका बस्ने ८८ प्रतिशत भन्दा बढी नेपालीहरूले खोपको पूर्ण डोज पाएका छन्।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतमा रहेका नेपालीहरुले खोप लिएका छन् । तर भारत, बंगलादेश जस्ता देशहरूमा भने ७० प्रतिशत भन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाएका छन्।

न्यूनतम खोप उपलब्ध भएका देशहरु देशहरूमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको तीस प्रतिशत भन्दा कम जनसंख्याले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् ।
स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपाल बाहिर रहेका नेपालीहरुको खोप लिने दर उच्च रहेको छ । यस्तै कोरोना बिरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीहरुले तेस्रो खोप समेत लिएका छन् । अहिले सम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् । बेलायतमा रहेका ६० प्रतिशत भन्दा बढी नेपालीहरुले बुस्टर लिएको संयोजक डा सापकोटाले बताउनुभयो । समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले समेत तेस्रो खोप प्राप्त गरि सकेका छन् । हाल विश्वको कुल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ । कोरोना महामारी शुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, उनीहरुको स्वास्थ्य सम्बन्धमा साचो राख्दै बिभिन्न स्वास्थ्य मुलक जनचेतना कार्यक्रम गर्दै आएको छ । संघको स्वास्थ्य समिति अन्तर्रगत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत दुई सय भन्दा बढी चिकित्सकहरुले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाई रहेका छन् ।

स्वास्थ्य समितिद्धारा जारी पछिल्लो तथ्यांक संकलन गर्न डा सागर पौडेल (भारत), डा नीतेश अर्याल, लक्ष्मी गिरी (बहराइन), रोशन थापा, कृष्ण भट्ट (अफ्रिका), डा बोधराज सुवेदी (युरोप), एलिजा केसी (जापान) , गोविन्द खरेल (बेलायत), गोकर्ण ढकाल (हङकङ), र लोक दाहाल (युरोप) लगायतले सहयोग रहेको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ,
कोभिड १९ उच्चस्तरिय समिति

आइतवार, २ जनवरी २०२२

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved