HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक  अपडेट – ४६
February 28, 2021support@nrna.orgICC

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र  पोर्चुगलमा १ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार  शनिवार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२  हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो।  यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६५ जना भने  २ लाख ७० हजार ३ सय २५ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

खोप लगाएपछि के हुन्छ ? 

स्वास्थ्य समितिमा आबद्ध स्वास्थ्यकर्मीहरु भने विश्वमा हाल परिक्षण पश्चात आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकोले खोप लगाए पश्चात कति समयसम्म शरीरमा एन्टीबडी रहन्छ भन्ने बारे यकिन रुपमा बताउन नसकिने बताएका छन् ।  

खोप लगाइसकेकाहरुमा विशेषतः  ३ सातापछि एन्टीबडी विकास भएको पाइएको छ । तर सबै व्यक्तिमा उस्तै किसिमले एन्टीबडी विकास नहुन पनि सक्छ । हाल  खोप कम्पनी एवं वैज्ञानिकहरुका अनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टीबडी विकास भई ५ देखि ६ महिना वा एक वर्षसम्म पनि एन्टीबडी रहीरहने दाबी गरेका छन् । यद्यपी यसबारे पनि अनुसन्धान जारी छ । साधारणतया खोपको पहिलो डोज लगाएपछि एन्टीबडी विकास हुन थाल्ने र दोस्रो डोज पछि सो स्वतः बढ्दै जाने स्वास्थ्य विज्ञ बताउँछन् । 

शरीरमा एन्टिबडी बनेपछि मेमोरी सेलले निकै लामो समयसम्म कोरोना भाइरसलाई पहिचान गर्ने तथा त्यस्तो भाइरस शरीरमा आएमा एन्टिबडी सक्रिय भएर भाइरसलाई नष्ट गर्ने गर्छ । एकपटक कोरोना संक्रमण भइसकेका मानिसमा त्यसैले पनि संक्रमणको सम्भावना कम हुन सक्छ किनकी उनीहरुमा प्राकृतिक एन्टीबडी विकास भइसकेको हुन्छ । तर कति समयसम्म सो एन्टीबडी शरीरमा रहन्छ, यो भने अनुसन्धानको क्रममै रहेको छ । तसर्थ स्वास्थ्य समितिले एकपटक संक्रमण भइसकेका र खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनाएको छ । 

कोभिडको खोप लगाएपछि मृत्यु हुन्छ, दीर्घकालीन असर हुन्छ, यो खोपले डीएनएलाई असर वा नष्ट गर्छ, प्रजनन क्षमता ह्रास हुन्छ लगायतका विभिन्न भ्रम फैलिएका छन् । यद्यपी यी सबै गलत भएको स्वास्थ्य समितिले जनाएको छ ।  खोप लगाएका मध्ये केही मानिसमा ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाक्वाकी लाग्ने, बान्ता हुने, पखाला हुने समस्या देखिन सक्छ । तर गम्भीर समस्या देखिएका घटना न्यून छन् । 

पहिलो मात्रा खोप लगाएका व्यक्तिले चार हप्तामा दोस्रो मात्रा लगाउनुपर्छ । दोस्रो मात्रा तीन हप्तादेखि १२ हप्ताको समयमा लगाउन मिल्ने बताइएको छ । 

दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ तर रगत पातलो बनाउने औषधी खाइरहेका, स्नायू सम्बन्धी औषधी सेवन गरेका, गर्भवति स्तनपान गरिरहेकाहरुलाई भने खोपको सिफारिस नगरिने गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाले जनाए । लामो परिक्षणपछि ल्याइएकोले पनि यी खोपहरु सुरक्षित रहेको स्वास्थ्य विज्ञहरुले उल्लेख गरेका छन् ।

गैरआवासीय नेपाली संघ,

‘कोभिड १९’ उच्चस्तरिय समिति 

२८ फेब्रुअरी २०२१ 

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved