परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) ले बढी प्रभावित देशका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुसँग प्रत्यक्ष संवाद गरेका छन् । मन्त्री ज्ञवालीले सोमबार मन्त्रालयबाट विदेशस्थित ११ देशका राष्ट्रिय समन्वय परिषद्का अध्यक्षसँग भिडियो कन्फ्रेन्स कलमार्फत् नेपाली समुदायमा कोरोना भाइरसका कारणले उत्पन्न भएका समस्याका बारेमा जानकारी लिनु भयो । उहाँले ‘नेपालमा लकडाउनको अवस्था लम्बिदै गएका कारणले विदेशमा रहेका […]