HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक  अपडेट — ३६
December 20, 2020support@nrna.orgICC

कोरोना भाइरस (कोभिड १९)  को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ भने यो साता मलेसियामा १ जना, र केन्यामा १ जना नेपालीको निधन भएको हो ।  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । ती मध्ये  ४९ देशका ४९ हजार १ सय १० जना नेपालीमा कोरोना संक्रमणबाट मुक्त भएका छन् ।  यो कुल संक्रमितको ९४  प्रतिशत रहेको हो । शनिवार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका संख्या ३ सय १२ जना जनाको कोरोना संक्रमणका कारणले निधन भएको स्वास्थ समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिनुभयो ।  सापकोटाका अनुसार यो साता मलेसिया, भारत, कतार,  युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा मात्र २ लाख ५३ हजार १ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् भने ती मध्ये २ लाख ४२ हजार ५ सय ६७ जना कोरोना मुक्त भएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर  ९५ दशमलव ८ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ७ सय ७७ जनाको ज्यान गएको छ ।

अनुरोध 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले क्रिसमश लगायत न्यू एयरका अवसरमा भीडभाड कम गर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन आग्रह गरेको छ ।  क्रिसमश र नयाँ वर्षका अवसरमा मानिसहरु ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसबाट संक्रमणको उच्च जोखिम रहने भएकोले त्यसो नगर्न समितिले आग्रह गरेको हो ।  महामारीको जोखिम कम नभएको र विशेषतः यूरोपेली मुलुकमा संक्रमण अस्वभाविक रुपमा फैलिरहेको भन्दै ती मुलुकमा रहेका नेपालीले अझै सावधानी अपनाउनुपर्ने समितिका संयोजक सापकोटाले बताउनुभयो । 

यसैबीच समितिले  विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसकेको र त्यहाँस्थित केही नेपालीले पनि खोप लगाएकोप्रति खुशि व्यक्त गरेको छ ।  यद्यपी खोपको सर्वव्यापी सहजता नभएको र अझै कयौं देशमा खोप आउन बाँकी रहेकोले सावधानी आवश्यक रहेको समितिका संयोजक सञ्जिव सापकोटाले बताउनुभयो । उहाँले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

कोभिड १९  उच्चस्तरीय समिति,

गैरआवासीय नेपाली संघ 

२० डिसेम्वर, आइतवार, २०२० 

Recent Posts

  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४४
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट — ४३
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

December 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov   Jan »
Copyright ©2020 all rights reserved