HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३४

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३४
December 6, 2020support@nrna.orgICC
विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ ।   गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा निधन भएको हो । यो साता  जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको  नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घट्ना हो ।
स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा  रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म  विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा  ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१  प्रतिशत रहेको हो ।
हालसम्म नेपालमा मात्र २ लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये २ लाख ३४ हजार ७ सय ५६ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर  ९२ दशमलव ३ प्रतिशत रहेको छ ।  नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ५ सय २९ जनाको ज्यान गएको छ ।
छिट्टै खोप आउने विश्वास
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सन्जीव सापकोटाले कोरोना भाइरस विरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने संकेत देखा परेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।  रुसले निर्माण गरेको स्पुत्निक ५ खोपको सामुहिक परिक्षण सुरु भएको र बेलायत र बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उहाँको भनाई छ । यद्यपी नेपाली समुदायको ठूलो आवादी रहेको अमेरिका लगायतका मुलुकमा खोप प्रयोगको लागि एफडीएद्वारा अझै मान्यता प्राप्त नभएको र संक्रमण दर समेत उच्च रहेकोले सावधानी अपनाउनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
अनुरोध
विश्वका कोरोना प्रभावित प्रत्येक मुलुकमा खोप उपलब्ध हुने आफ्नै समयरेखा तय भएको हुने हुँदा र खोपको पहुँचका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्ने हुनसक्ने भन्दै डा. सापकोटाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।
खोपको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, जोखिमयक्त अवस्थाका  मानिस, कमजोर स्वास्थ्य अवस्थाका विरामी पर्ने भन्दै अन्य सबैले कोरोना लाग्नबाटै बच्ने उपाय अवलम्वन गर्न सकिने उहाँले बताउनुभयो । विदेशमा रहेका नेपालीहरु संक्रमणको उच्च जोखिमबाट अझै मुक्त नभएको भन्दै डा. सापकोटाले उच्च स्वास्थ्य सावधानी अपनाएर जनजीवन सामान्य बनाउन आग्रह गर्नुभएको छ ।
क्रिशमस लगायतका चाडपर्वका बेला विशेष सावधानी अपनाऔँ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले विदेशमा क्रिशमस लगायतका पर्वसहित नयाँ वर्ष नजिकिएको भन्दै त्यस्ता समय संक्रमणको उच्च जोखिम हुने भएकोले सावधानी अपनाउन आग्रह गर्नुभएको छ । चाडपर्वका बेला जमघट नगर्न, आफ्ना परिवारका सदस्यबीच मात्रै पर्व मनाउन र भीडभाड भएका स्थानमा सकेसम्म नजान र जानै परे मास्कको अनिवार्य प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

कोभिड १९  उच्चस्तरीय समिति,

गैरआवासीय नेपाली संघ  

२९, नोभेम्वर, आइतवार, २०२०

Recent Posts

  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४०
  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३५

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

December 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov   Jan »
Copyright ©2020 all rights reserved