HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः अपडेट — ३२

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३२
November 22, 2020support@nrna.orgICC

विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

कोरोना संक्रमण सुरु  भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ जना  नेपालीको कोरोना संक्रमणका कारणले निधन भएको छ ।

समितिका अनुसार कोरोना भाइरसका कारणले हाल सम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना र यस्तै युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको निधन भएको छ ।

भारतमा निधन भएका ४० जना मध्ये १० जना महिला भएको नयाँ डिल्लीस्थित अलइन्डिया इन्टिच्यूट अफ साइन्समा कार्यरत डा.सागर पौडेलले जानकारी दिनुभएको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका संयोजक डा सापकोटाका अनुसार यो साता स्पेन, युके, यस्तै युएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली  समुदायमा  संक्रमण देखिएको  देशको  सूचीमा नर्बे पनि थपिएको  छ ।

हालसम्म नेपालमा मात्र २ लाख १८  हजार ६ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३ सय ५ जनाको ज्यान गएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत ३२ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

तथ्यांक संकलन गर्न डा. कुश श्रेष्ठ (अष्टेलिया), डा. सागर पौडेल (भारत), एलिजा केसी (जापान), सांग्रीला सुन्दरी लामा (स्पेन), संर्घष केसी (नेदरल्याण्ड), चिरन्जीवी खड्का (चेक रिपव्लिका), सागर सुवेदी (अष्टिया), डा. बोध सुवेदी (पोल्याण्ड), सरिता पाण्डे भट्टराई (साउथ अफ्रिका), बसन्त गौतम (फिन्ल्याण्ड) डा. देवी बस्नेत (कोरिया), डा. नितेश अर्याल (कतार), सत्य चौधरी (अमेरिका), यासमिन बेगम सैयद (साउदी अरेबिया) , डा. दीलिप कुमार यादव र शुनिल शाह (युके) ले एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिलाई सहयोग गर्दै आएका छन् ।

अनुरोध

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विवाह, विभिन्न पारिवारिक समारोह लगायतका मानिसको जमघट बढी हुने कार्यक्रममा सकेसम्म सावधानी अपनाउन अनुरोध गरेको छ । त्यस्ता समारोहमा कम संख्यामा मात्रै उपस्थित हुने र डेढदेखि दुई मिटरसम्मको भौतिक दुरी कायम गर्न समितिका संयोजक डा सञ्जिव सापकोटाले आग्रह गर्नुभएको छ ।

कोरोना महामारी थप तीव्र रुपमा फैलिँरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको उहाँको भनाई छ ।

विश्वका विभिन्न खोप निर्माण कम्पनीले कोरोनाविरुद्धको खोपको परीक्षण  ९५ प्रतिशत बढी प्रभावकारी र सफल भएको दाबी गरिरहेको प्रसंग जोड्दै डा सापकोटाले आशाका नयाँ किरण देखिएपनि अहिले नै ढुक्क हुन सक्ने समय नआएकोले स्वास्थ्य सावधानी नै एक मात्र उपाय भएको बताउनुभयो ।

जाडो मौसम सुरु भएका विभिन्न मुलुकमा इन्फ्लुएञ्जा, फ्लू  लगायतका स्वास्थ  समस्या  समेत  देखिने भएकोले त्यसतर्फ  समेत सचेत  रहन डा सापकोटाले अनुरोध गर्नुभएको छ ।

कोभिड १९  उच्चस्तरीय समिति,

गैरआवासीय नेपाली संघ  

२२, नोभेम्वर, आइतवार, २०२०

Recent Posts

  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४४
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट — ४३
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४१
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४०
  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

November 2020
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct   Dec »
Copyright ©2020 all rights reserved