HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

विदेशबाट नेपाली फर्काउने सरकारको निर्णयको गैरआवासीय नेपाली संघद्वारा स्वागत

विदेशबाट नेपाली फर्काउने सरकारको निर्णयको गैरआवासीय नेपाली संघद्वारा स्वागत
May 31, 2020support@nrna.orgICC

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेकोमा गैरआवासीय नेपाली संघले सरकारको यो निर्णयको स्वागत गर्दै सहजिकरणका लागि आफु तत्पर रहेको बताएको छ ।

गैरआवासीय नेपाली संघको प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वेदश ल्याउने निर्णयमा पुगेको गैरआवासीय नेपाली संघ का अध्यक्ष कुमार पन्तले बताउनु भयो ।   

अध्यक्ष पन्तले सरकारको निर्णयको स्वागत गर्दे प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्नु भएको छ  । उहाँले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षीत रुपमा नेपाल फर्काउन संघ सहजीकरणाका लागि तत्तपर रहेको जानकारी दिनु भयो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । समितिको गएको शुक्रवार बसेको बैठकले दश दिनपछि दैनिक ३ हजारदेखि ३ हजार ५ सय सम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको थियो ।  उच्चस्तरिय समितिको निर्णय बमोजिम मन्त्री परिषदले अनुमोदन गरे पछि उद्धारको कार्य सुरु हुने भएको छ । 

यसै बीच संघका अध्यक्ष कुमार पन्तले विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषदहरुलाई एक पत्र जारी गर्दै केहि दिन धैर्य गर्न आग्रह गर्नु भएको छ । 

उहाँले विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार प्राथमिकताका आधारमा उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना रहेको छ र तेस्रो मुलुकबाट नागरिक ल्याउने काम केही सातापछि शुरु हुने अनुमान गरिएको छ । 

नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाउने सरकारको तयारी रहेको छ । नेपाल फर्किन चाहनेहरूले जहाजको भाडा भने आफै तिर्नु पर्ने छ । यस अघि राष्ट्रिय समन्वय परिषद युएसए, युके, कतार, युएई लगायतका देशले नेपाल फर्किन चाहने नेपालीहरुको नाम संकलन गरेका थिए ।

कोभिड १९ पिडितको उद्धार गर्न सरकारद्धारा  छुट्टै बजेटको व्यवस्था

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७ / ७८ को बजेटमा गैरआवासीय नेपाली संघलाई उच्च मुल्यांकन गरिएपछि संघले स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेकोमा स्वागत  गर्नु भएको छ । बजेटमा गैरआवासीय नेपाली संघको उच्च मुल्यायांकन गरिएको छ । अर्थमन्त्री खतिवडाले एनआरएनको ज्ञान, सीप, पुँजी र प्रविधिलाई राष्ट्र विकासमा उपयोग गरिने बजेट वक्तव्यमा उल्लेख गर्नु भएको छ । विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्दारमा संघको सहयोग लिइने बजेट वक्तव्यमा उल्लेख छ ।

गैरआवासीय नेपाली संघ ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४४
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट — ४३
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४१
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४०
  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved