HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

कोभिड १९ ले रक्तसंचारमा पारेको प्रभाव बारे गैरआवासीय नेपाली संघ रक्तसंचार पद्धति कार्यदलको बैठक

कोभिड १९ ले रक्तसंचारमा पारेको प्रभाव बारे गैरआवासीय नेपाली संघ रक्तसंचार पद्धति कार्यदलको बैठक
May 29, 2020support@nrna.orgICC

मिति: २४ मई, २०२० 

उपस्थिति: फडिन्द्र पन्त ( नेदरल्यान्ड्स ) , अर्जुन प्रसाद मैनाली ( अमेरिका), डा. रोशन लाल श्रेष्ठ ( अमेरिका), डा. बिशाल भण्डारी ( अमेरिका), सुरेश गौतम (क्यानडा), दिपक गौतम (क्यानडा), डा. अश्विनि नेपाल ( अमेरिका), इन्दिरा तिवारी ( कोरिया ), डा. चुडामणि खनाल ( अमेरिका), राजु खप्तडी बस्नेत (फ्रान्स), नारायण पोखरेल ( अमेरिका), रुमी सिंह ( नेपाल), कुनाल मिश्रा (नेपाल)

निष्कर्षहरु:

  •   गैर आवासीय नेपाली संघ रक्तसंचार पद्धति कार्यदलले कोरोनाको समयमा नेपालमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसंचार सेवा,  रगत स्वयं सेवकहरु तथा अन्य संस्थाहरु  छलफल बैठक २ वटा गरेको ।
  •  २ वटा रक्तदान कार्यक्रमहरु संचालन गरेको, चाहिएको बेला रक्तदाता खोजि रगत स्वयं सेवकहरुले सेवा पुर्याएको, अमेरिकामा रक्तदान कार्यक्रम २ वटा भएको, फ्रान्समा एउटा  रक्तदान कार्यक्रम  भएको
  •  “कोभिड १९ व्यवस्थापनमा रक्तसंचार सेवाहरुको भूमिका’’ नामक एउटा वेबिनार समपन्न भएको कुरा जानकारी प्राप्त भयो ।
  • नेपालमा  रक्तसंचार सेवामा तथ्यांक तथा सूचना व्यवस्थापनमा कमि रहेकोले हालमा रगत व्यवस्थापनमा कमि भई रहेको छलफलको निष्कर्ष थियो
  •  आउने दिनहरुमा यस समितिले गरेको कामहरुलाई अन्तराष्ट्रिय समनवय समिति समू हरेक तिन तिन महिनामा जानकारी गराउने, आगामी दिनमा न्युज लेटरलाई अझै प्रभावकारी बनाउने, वेबिनारलाई अझै नेपालको क्षेत्रीय रक्तसंचार सेवाहरुसंग जोड्ने, आर्थिक स्रोत व्यवस्थानको लागि अन्तराष्ट्रिय समन्वय परिषद्को कोषमा नै एकतृत रुपले संकलन गर्न सहयोग गर्ने र तथ्यांक तथा सूचना व्यवस्थापन प्रणालीको विकाशको लागि सबै सरोकारवालाहरु संग छलफल गरि निर्माण तथा व्यस्थापन गर्ने सहमति भयो
  •  गैरआवासीय नेपाली संघ रक्तसंचार पद्धतिले सबै राष्ट्रिय समनवय परिषदहरुसंग रक्तदान कार्यक्रमहरु गर्न र हाम्रो अभियानमा साथ दिने अनुरोध गर्ने निर्णय भयो ।

“COVID-19 को  व्यवस्थापनमा रक्तसंचार सेवाहरुको भूमिका’’ नामक एउटा वेबिनार समपन्न गरेको छ  ।

गैर आवासीय नेपाली संघ रक्तसंचार पद्धति कार्यदलले “COVID-19 व्यवस्थापनको लागि रक्तसंचार सेवाहरु को भूमिका” नामक एक वेबिनार Blood & Beyond वेबिनार शृंखलाको विशेष शृंखला  मे २३ को दिन फेसबुक लाईभ र जूमको प्रयोग गरि सम्पन्न गरेको थियो । उक्त वेबिनारमा वक्ताका रुपमा   फडिन्द्र पन्त , नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसंचार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकार, हाम्रो लाईफकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रुमी सिंह, ग्राण्डी ई. अस्पतालका रक्तसंचार सेवाक इन्चार्ज डा. बिपिन नेपाल, हिमाल अस्पताल रक्तसंचार सेवाका इन्चार्ज किरण योगी र नेपाल रेडक्रस सोसाईटी  क्षेत्रीय रक्तसंचार सेवाकि जनसम्पर्क अधिकृत सुमी पौडेलको र सहजकर्ता र डा. रोशन लाल श्रेष्ठ सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा, हाल  COVID-19 को बेलामा पनि नेपालमा रगतको आपूर्ति व्यवस्था राम्रो रहेको छ तर आगामी दिनहरुमा संक्रमण बढ्दै जादा समस्या आउने परेक्षेपन भएको निष्कर्ष आयो । “Convalescent Plasma” को Standard Operation Procedure निर्माण गरि रक्तसंचार राष्ट्रिय ब्युरोले  परिमनिकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडै गर्ने भएको छ । नेपालमा रक्तसंचारको सेवामा सूचना तथा प्रविधिको प्रयोग आगामी दिनमा बढाउन हाम्रो लाईफ बैंकले गैर आवासीय नेपाली संघ रक्तसंचार पद्धति कार्यदल र केन्द्रीय रक्तसंचार सेवासंग गर्दै अगडी बढ्ने प्रतिबध्ता भयो ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३४

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved