HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका मानार्थ परिषद सदस्यहरु र आइसिसि पदाधिकारी तथा सदस्यहरु विच भएको परिचयात्मक बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका मानार्थ परिषद सदस्यहरु र आइसिसि पदाधिकारी तथा सदस्यहरु विच भएको परिचयात्मक बैठक सम्पन्न
May 12, 2020support@nrna.orgNCC

अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा भएको बैठकले कोभिड १९ बाट भएको असर र के कस्ता गतिबिधि गर्न सकिन्छ भनेर सुझाव लियो। त्यसैगरी स्वदेश फिर्ता जानेहरुको बिषय संभव, सान्दर्भिकता र संस्थागत अन्य गतिबिधिका कुराहरुमा बैठक केन्द्रित थियो।

बैठकलाइ गैरआवासीय नेपाली संघका उपाध्यक्ष रविना थापाले संघका पछिल्ला गतिबिधिबारे जानकारी गराउनुभयो। यसका साथै उहाँले मध्यपूर्वमा रहेका महिलाहरुलाई Female Hygienic फिमेल संग संबन्धित सामाग्रीहरुको अभाव भएको र त्यसका लागि सहयोग गर्ने बारे बताउनु भयो। यस असकज परिस्थितमा Domestic Violence बढेकोले आइसीसी महिला संयोजकको संयोजनमा थप गतिबिधि गर्न प्रयास गरिएको जानकारी समेत गराउनु भयो।

संघका सचिव गौरीराज जोशीले कोभिड १९ सँग संबन्धित कुरा, सहयोग र एनसीसीको पहलका बारेमा जानकारी गराउनु भयो । उहाँले बैठकमा उठेका बिशेष गरि गैरआवासीय नेपाली नागरिकता, कोभिड १९ राहत, संस्थाका अन्य गतिबिधि र नेपाल सरकारसंगको समन्वयका कुरा समेत बैठकमा जानकारी गराउनुभयो।

बैठकमा आइसीसी सल्लाहकार हरिबोल भण्डारीले भारतले अतिक्रमण गरेको नेपाली भूमीकाबारे आवाज उठाएर सहि काम गरेको र यसका लागि गैरआवासीय नेपाली संघलाइ धन्वावाद ज्ञापन गर्नु भयो ।

अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय परिषद बिचको संबन्ध, कोभिड १९ संबन्धि अरु प्रयास र संयोजन संबन्धि एनसीसी र आइसीसीसंग मिलाएर जाने कुरा, नेपाल फर्कन चाहनेहरुको लागि थप पहल गर्ने कुरा, क्षेत्रको गतिबिधिका साथै भारतको नेपाली भूमिमाथि अतिक्रमण संबन्धि प्राप्त आइसीसीको पत्रलाइ समेटेर के गर्न सकिन्छ त्यो प्रयास गर्ने कुरा बताउनु भयो।

बैठकमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद उपाध्यक्ष रबिना थापा, सचिव गौरी जोशी, क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, आइसीसी सदस्य तृष्णा शर्मा, शंकर खड्क, प्रमोद सिटौला, आइसीसी सल्लाहकार हरिबोल भण्डारी, आइसीसी सल्लाहकार तथा नेपाल सरकारका महावाणिज्यदुत एशी शेर्पा सहभागी हुनुहुथ्यो।

त्यसैगरी, बेदराज बस्नेत, प्रमिला बस्नेत, अभिम्यू बस्नेत, कृष्ण के सी, कृष्ण लामिछाने, प्रतिक पाण्डे, प्रेम श्रेष्ठ, राधेश पण्डित, उत्तम लामिछाने, पिताम्बर भट्टराई, चन्द्र राइ, भारत अर्याल, गोपी कृष्ण काफ्ले, धुण्डिराज पाण्डे, पुरु ढकाल, रबिन्द्र घिमिरे समेत हुनुहुन्थ्यो।

राष्ट्रिय परिषद क्यानाडा (एनसीसी) का अध्यक्ष चिरन्जीवी घिमिरे, एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, उपाध्यक्षहरु कृष्ण जिबी पन्त, बिद्धि सुबेदी, सर्बग्य वाग्ले पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो। उहाहरुले आ-आफ्ना कुराहरु राख्नु भएको थियो ।

यसका साथै बैठकका सहभागीहरुले भारतले नेपालको लिपुलेक हुँदै चिन सम्म नेपाली भूमी मिचेर गरिएको राजमार्गको बिरोध गरे। बैठकका सहभागीहरुले राष्ट्रिय समन्वय परिषद मार्फत राजदुतावसमा अनलाइन पिटिशन गर्ने जस्ता सुझाव पनि दिएका थिए।

संचार तथा प्रकाशन समिति

गैरआवासीय नेपाली संघ

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४४
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट — ४३
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४१
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४०
  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved