HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

एनसिसि कतारद्वारा कोरोना संक्रमणमा प्रभावित भएका व्यक्तिहरुको लागि सहयोगः

एनसिसि कतारद्वारा कोरोना संक्रमणमा प्रभावित भएका व्यक्तिहरुको लागि सहयोगः
May 4, 2020support@nrna.orgNCC

उपरोक्त सम्बन्धमा बिश्वब्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) का कारण बिश्वकै मानबजाती माहामारीको चपेटामा परिरहेको छ। यसै क्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मार्फत कोरना विरुद्ध लड्नका लागि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता र विभिन्न मुलुकमा रहेका नेपालिहरुलाई यो माहामारीबाट बचाउन त्यहाँ सम्बद्ध एनसीसीले गर्नुपर्ने विभिन्न सचेतना, साबधानी र सहयोगका कदमहरु साथै सम्बन्धित मुलुकमा रहेका नेपालीहरुको अवस्था जानकारी  बारे प्राप्त सर्कुलर अन्तर्गत एनसीसी कतारले निम्न अनुसारको गतिविधिहरु गरिरहेको जानकारी गराउदछौ ।

१) एनसीसी कतारको महिला उपाध्यक्षज्युको सम्योजकत्वमा गठित सुरक्षा तथा सचेतना बिभागद्वारा कतार सरकार, नेपाल सरकार,नेपाली दुताबास,आईसीसी र विभिन्न स्वास्थ्य सस्थाहरुबाट तयार पारिएको कोरना भाइरसका लक्षणहरु र यसबाट बच्ने उपायहरु सम्बन्धित लेख रचनाहरु, पोस्टर र भिडियो क्लिपहरु सामजिक संजाल मार्फत व्यापक प्रचार गरिएको ।

२) एनसीसी कतारद्वारा कतार रेड क्रसियन्टको समन्वयमा कतार स्थित विभिन्न स्थानमा रहेका ७००० नेपाली श्रमिकहरुलाई  विभिन्न चरणमा कोरना भाइरससित सामाना गर्न अति आवस्यक स्वास्थ्य सामाग्री (मेडिकल कीट) वितरण गरिएको ।

३)कोरना भाइरस नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरु पालना गर्न गराउन एनसीसीको तर्फबाट प्रतिनिधि पठाई यहाँको सरकारद्वारा जारी गरिएको गतिविधिमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै निरन्तर सहभागी भएको ।

४) कोरना भाइरस नियन्त्रणमा कोरोना भाइरसका कारण बिगत एक महिना देखि लक डाउनमा रहेको कतारको सनैया (औद्योगिक क्षेत्र १ देखि ३२) सम्म को अबस्थाका बारेमा पहिलो पटक बिभिन्न समुदाय मिडिया र प्रतिनिधिहरुले अबलोकन गरेका छन l कतार सरकारका गृह मन्त्रालयका अधिकारीहरुको अगुवाईमा भएको अबलोकन भ्रमणका लागि नेपालि समुदायका तर्फबाट गैर आवसीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद कतारका महासचिब पदम गिरी र द्वितिय उपाध्यक्ष कुमार सहभागिता रहेको थियो l

भ्रमणका क्रममा  लक डाउनमा रहेका नेपालीहरुको स्वास्थ्य अबस्था, खान पिन , तलब लगायतका प्रत्यक्ष सरोकार राख्ने बिषयमा सोधपुछ गरिएको थियो । अवलोकनमा उक्त क्षेत्रमा किनमेलका लागि ग्रोसरिहरु, खाना खाने रेस्टुरेन्ट, पैसा पठाउने रेमिटान्सहरु र मेडिकल सपहरु खुल्ला रहेको, सो स्थानका कम्पनिलाई आफ्ना कामदारहरुलाई तलब दिलाउनका लागि सरकारी लेभल बाटै विशेष पहल र लकडाउन क्षेत्र भित्रका मानिस सोही क्षेत्रमा सहज रुपमाआवत जावत गर्न पाएको पनि जानकारी पाइएको छ। दैनिक जसो सेनिटाइज गरि उक्त क्षेत्रलाई थप सुरक्षित रहेको सुनिस्चित गरी सरकारले बिस्तारै उक्त क्षेत्रलाइ खोल्ने तयारीमा रहेको समेत बताइएको छ।

५) कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुमा देखा परेका खानपिनको समस्याहरुलाई समाधानका निम्ति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा नेपाली दूतावासको सम्योजनमा कतार च्यारिटी मार्फत प्राप्त खाद्यान्नको राहत प्याकेज तथा एनसीसी श्रमिक कोषबाट गरि अहिले सम्म विभिन्न चरणमा ८०० नेपाली श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न हस्तान्तरण गरिएको ।

६) कोरना विरुद्ध लड्न नेपाल सरकारले स्थापना गरेको आपतकालीन कोषमा आईसीसीले सहयोग गर्ने प्रतिबद्धता र त्यस उपर सहयोग गर्न एनसीसीलाई गरिएको अनुरोध अनुसार एनसीसी कतार द्वारा आर्थिक सहयोग संकलन शुरु गरिएको र हाल सम्म करिब नेपाली ९ लाख संकलन भैइसकेको र यहाँका अवस्था सामान्य भए पश्चात् आईसीसीको खातामा जम्मा गरिने छ।

७) कतारमा कोरनाको महामारी लम्बिएको अवस्थामा नेपाली समुदायमा आउन सक्ने सम्भाबित समस्याहरु र त्यसको सामाधानका लागि कतारमा रहनु भएका आईसीसी प्रतिनिधि ज्युहरु,कतारमा स्थापित नेपाली बैचारिक सस्थाका प्रमुखहरु र प्रदेश समन्वय परिषदका प्रमुखहरु सङ्ग बिशेष छलफल र सुझाब संकलन गरिएको छ।

माथी उल्लेखित गतिविधिहरुलाई एनसीसीले निरन्तरता दिदै एनसीसीले सम्भब भए सम्मका कार्यक्रमहरु गर्ने र सहभागीता जनाउने छ।

एनसिसि कतार ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३४

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2020
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr   Jun »
Copyright ©2020 all rights reserved