HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/Activities
  • Downloads
  • Contact
  • FAQ
  • Donate

कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठक सम्पन्न

कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठक सम्पन्न
April 20, 2020support@nrna.orgICC

 

गैरआवासीय नेपाली संघ कोभिड–१९ उच्चस्तरिय समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन गैरआवासीय नेपाली संघले  पहल थाल्ने भएको जानकारी दिएको छ। मध्यपूर्व क्षेत्रमा श्रम गरिरहेका नेपालीहरु बिचिल्लीमा परेका खबरहरु आईरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको हो।   बैठकमा संघका अभियन्ताहरुले बिद्यार्थी, श्रमिक तथा बिबिध कारणले अबैधानिक रुपमा बस्दै आएका नेपालीहरुको अबस्थाबारे चिन्ता प्रकट गरेका छन्।
 परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्य सम्म गैरआवासीय नेपालीहरुलाई यथास्थानमा रहन अनुरोध गरिरहेको बारे गैरआवासीय नेपाली संघ (एनआरएनए) ‘कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठक भित्र सो बिषयमा गहन छलफल भएको हो ।
आइतवार  कन्फ्रेन्स कलमार्फत सम्पन्न बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले’ कोभिड–१९’ पछि दुईवटा क्षेत्रमा केन्द्रित रहेर काम सुरु गरिएको बैठकलाई जानकारी गराउनु भयो । उहाँले  नेपालको सन्दर्भमा पहिलो चरणको स्वास्थ्य सामग्री हस्तान्तर भइसकेको र दोस्रो चरणका सामान सोमबारसम्म हस्तान्तरण गरिने र नेपाल सरकारले थप स्वास्थ्य सामग्री आवश्यक ठाने गैरआवासीय नेपाली संघ यसका लागि तयार भएको जानकारी गराउनु भयो ।
उहाँले साइप्रस, अष्ट्रेलिया, अमेरिकालगायत विदेशका  विद्यार्थी र मध्यपूर्वका नेपाली श्रमिकहरु कोरोना भाइरसका कारण निकै  प्रभावित भएको बैठकलाई जानकारी गराउनु भयो ।
उहाँले तीन चरणमा रहत वितरण भइरहेको जानकारी गराउँदै ‘पहिलो चरणमा जनचेतना, राहत, दीर्घकालीन नीति निर्माणको काम भइरहेको छ । विदेशबाट फर्कन चाहनेको संख्या हजारौं छ । कुवेतमा ३ हजारभन्दा बढी कागजी प्रकृया पूरा नगरेका नेपालीको संख्या छ । विभिन्न देशमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काउने बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवारीसँग छलफल भइरहेको र परराष्ट्रमन्त्री यस विषयमा सकरात्मक रहेको बताउनु भयो ।
बैठकमा पूर्व शिक्षामन्त्री गंगाधर तुलाधारले मुलुक भोलि संकटमा जान सक्नेतर्फ औंल्याउनु भयो । ‘विदेशमा रहेका नेपालीलाई अहिलेको चिन्ता पनि त्यही नेपालप्रति छ, मातृभूमिमा पर्न लागेको संकटमा गैरआवासीय नेपालीले खेलेको भूमिकाको सरहना गर्न चाहन्छु, पूर्वमन्त्री तुलाधरले भने, ‘यस्ता महामारीले भविष्यका लागि पाठ सिक्ने पनि अवसर हो बताउनु भयो । स्वास्थ्य क्षेत्रमा अहिले प्रयोग भइरहेका नयाँ अनुभवले आगामी पुस्ताको लागि उपयोगी हुनेछ ।’ अहिलेको अवस्थामा गैरआवासीय नेपाली समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दा देशको लागि अतुलनीय योगदान हुने  तुलाधरले बताए ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले कोरोना भाइरसको संक्रमण अहिले पनि बढ्दै गइरहेकाले जनचेतनाको अभियानलाई अझै तिब्रता दिनुपर्ने बताउनु भयो । विदेशा यात्रा गर्दा संक्रमणको १० गुणा खतरा हुने भएकाले सबैजना चनाखो हुन उहाँले सुझाव दिनु भयो । उहाँले ६ वटै क्षेत्रमा नेपालीहरुका लागि स्वास्थ्यसम्बन्धी जनचेतना कार्य सञ्चालन भइरहेको पनि जानकारी दिनु भयो ।
संघका उपाध्यक्ष डा. बद्री केसीले पहिलो चरणमा ४ हजार टेस्ट किट  नेपालमा हस्तान्तरण भइसकेको र बाँकि  चीनमा भन्सारसम्बन्धी नियम परिवर्तन हुँदा खरिद गरेको सामान आउन ढिलाइ भएको बताउनु भयो । उहाँले विदेशमा अलपत्र नेपालीको सहयोगका लागि बैदेशिक रोजगार सामाजिक कोषमा रहेको रकम परिचालन गर्न सरकारसँग छलफल भइरहेको जानकारी दिनु भयो ।
उहाँले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संघका उपाध्यक्ष सोनाम लामा सहित श्रममन्त्रीसँग छलफल भएको बारेमा जानकारी दिनु भयो । उहाँले वैदेशिक रोजगार सामाजिक सेवा कोष परिचालन गर्न मन्त्री सकारात्मक हुनु भएको जानकारी दिँदै मन्त्रीले विदेशस्थित नेपाली दूतावाससँग र गैरआवासीय नेपाली संघबीच सहकार्य गरेर तत्काल राहतको कार्य सुरु गर्नेमा जोड दिने बताउनु भयो ।
 संघका अध्यक्ष पन्तको सभापतित्वमा सम्पन्न बैठकमा  महासचिव डा हेमराज शर्माले  कोरोना पीडितको लागि  विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुले संचालन गरेका राहत सम्बन्धी विवरण पेश गर्नु भएको थियो ।
संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले कोरोना भाइरस संक्रमणबाट प्रभावितका लागि आर्थिक सहयोग संकलन भइरहेको जानकारी गराउँदै सा–सानो डोनेशन, व्यवसायी, सरकार र अन्तराष्ट्रिय समुदायबाट आर्थिक संकलन गर्ने नीति लिइएको बताउनु भयो । संघले आर्थिक संकलन तथा वितरणको लागि निर्देशिका तयार पारेर संघका राष्ट्रिय समन्वय परिषद्मा छलफलको लागि पठाएको पनि बताउनु भयो ।
यस्तै डा. देवी बस्नेतले दक्षिण कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनको लागि पहल गर्न आग्रह गरे भने डा. शक्ति चौरसियाले स्वास्थ्य सम्वन्धी सामग्री वितरण पारदर्शी बनाएको बताउनु भयो । विदेशबाट आएको सबै सामग्री सरकारी अस्पतालमा वितरण भइसकेको जानकारी दिँदै  ‘पिपिइ अभाव भएका अस्पतालमा सबै सामग्री चाडै नै पुग्ने बारे जानकारी गराउनु भयो । ती सामग्रीले अस्पतालमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सकलाई सहयोग पुगेको छ ।’  प्रि फन्डको व्यवस्था गर्न सके आगामी दिनमा काम गर्न सहज हुने सुझाव दिनु भयो ।
डा. पुरु श्रेष्ठले कोरोना भाइरसबाट समाजिक तथा आर्थिक असर, डिजास्टर म्यानेजमेन्टको लागि अल्पकालीन तथा दीर्घकालीन संयन्त्र तयार गर्नुपर्ने बताउनु भयो । उहाँले समस्या देखाएर मात्र हुँदैन, समधानतर्फ समेत संघले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । उहाँले विश्वभर छरिएका विज्ञहरुसँग मिलेर काम अघि बढाउन आग्रह पनि गर्नु भयो । अस्ट्रेलियाबाट डा. कुश श्रेष्ठले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपमा कोरोनाबिरुद्धको गतिविधि अघि बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।
सार्वजनिक स्वास्थ्य विज्ञ प्रोफेशर डा. पदम सिम्खडाले नेपालमा पिसीआर टेष्टमा ध्यानदिन जरुरी रहेको बताउँदै अहिले भइरहेको परिक्षणले विगतमा कसैलाई कोरोना थियो की थिएन भनेर टेष्ट गर्ने गरिएको छ तर अहिलेको आवश्यकता कोरोना एक्टिभ छ की छैन् भनेर परिक्षण हुनुपर्ने बताउनु भयो । उहाँले , ‘कोरोना भाइरस संक्रमणमा कोरियाको टेष्ट सिस्टम र जर्मनको हेल्थ प्रणाली विश्वकै उत्कृष्ट छ ।’ उहाँले शहरमा मानिस बस्दा बिभिन्न कारणले मानसिक स्वास्थ्यमा समस्या आउन सक्छ त्यसैले सबैलाई आ–आफ्नो घर जान दिनुपर्ने सुझाव दिनु भयो ।
यस्तै डा. द्रोणप्रसाद रसाइलीले नेपालमा कोरोना भाइरसको -यापिट टेष्टलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो । बैठकमा  एनआरएनए सचिव गौरी जोशी, रञ्जित महतो, प्रोफेसर सत्यन राजभण्डारी (युके) र डा. अनिली पोखरेल सुबेदी (पोल्याण्ड) को पनि सहभागिता थियो ।
कोभिड–१९ ‘उच्चस्तरीय समिति
गैरआवासीय नेपाली संघ ।

 

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३४

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training

Recent Posts

  • करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९तथ्यांक  अपडेट — ३९   
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३७
  • Migrant Workers Participated in NRNA Suicide Prevention Training
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३५
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः  अपडेट — ३४

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Calender

April 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
    May »
Copyright ©2020 all rights reserved