HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक  अपडेट — ४२
February 3, 2021support@nrna.orgICC

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  ३ जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।  यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार २७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७० हजार ८ सय ५४ जना छ भने  २ लाख ६६ हजार ४८  जना अर्थात ९८.२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

 

साक्षरता सम्बन्धी निर्देशिका जारी

 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरता सम्बन्धी निर्देशिका जारी गरेको छ । आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ ।सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्ड लगायतका विषयहरु समेटिएका छन् । यसैबीच स्वास्थ्य समितिले छिट्टै स्वास्थ्य सम्बन्धि एक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । त्यसको आवश्यक तयारी र लक्षित समूह पहिचानको काम भइरहेको छ ।

कोभिड–१९ विरुद्धको खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने

 

स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिनुभएको छ । हालसम्म कुनैपनि खोपको प्रभावकारिता शत प्रतिशत नदेखिएकाले  खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उहाँको भनाई छ ।  खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः संक्रमण भएको  देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा सापकोटाले बताउनुभयो ।

 

कोभिड १९  उच्चस्तरीय समिति,

गैरआवासीय नेपाली संघ      

३१ जनवरी, आइतवार, २०२१

Recent Post

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved