HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत

करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई  छुट्टै  राहत
January 10, 2021support@nrna.orgICC

गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा ‘कोभिड १९’  को विश्वव्यापी प्रभाव  पछि १ लाख ८६ हजार ६६ जना  नेपालीको उद्धार गरिएको छ ।  गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार समितिका संयोजक डा। बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन  गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको छ ।

विदेशका बिभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट,  अदालती जरिवाना, उद्धार तथा राहत दिइएको   गैरआवासीय नेपाली संघले जनाएको छ।

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरबइमिरेट्स -यूएई_, बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ।

बिभिन्न दात्री संस्थाहरुद्धारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, लगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ। हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाण्डौबाट गन्तब्यसम्म पुग्न नि:सुल्क बस भाडा श्वरुप आर्थिक सहयोग समेत गरेको छ । सँघले देशका सातै प्रदेशमा १४ लाख रुपैया बराबारको स्वास्थ्य सामग्री हस्तात्तरण गरेको छ । अझै सतर्कता अपनाउ  नेपालमा कोरोना संक्रमितको दर कम हुँदै जानु  सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ समितिका संयोजक सन्जिव सापकोटाले बताउनु भएकोछ । अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने होभने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड  अपनाउन भन्दै  उहाँले जोखिम घट्यो भन्ने बेला नभएको स्पष्ट  बताउनुभयो  बेलायत  लगायतका यूरोपेलि मुलुकमा  फैलिएको  संक्रमणका कारण  नेपालीहरु पनि अछुतो  नरहेको  भन्दै  उहाँले उच्च  सावधानी  अपनाउन  आग्रह  गर्नु भएको  छ ।

कोभिड १९  उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ      

१० जनवरी, आइतवार, २०२१

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

September 2023
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
252627282930  
« Jan    
Copyright ©2020 all rights reserved