एनसिसि मकाउद्वारा पछिल्लो समयमा भएका कोभिड-१९ सम्बन्धि गतिविधिः

८ जुलाई २०२० ।
पछिल्लो समयमा कोभिड १९ सम्बन्ध भएका मुख्य गतिविधिः
कोभिड-१९ बाट कुनै पनि नेपाली संकरमित नभएको जानकारी गर्छु। संकरमित संख्या हाल सम्म 46 जना रहेको छ। सबैको सफल उपचार गरिएको पाइन्छ । मकाउमा कार्यरतहरू (blue card) लाई मकाउ प्रवेश निषेध यथावत रहेको छ। मकाउमा दैनिक जन जीवन सामान्य अवस्थामा भई रहेता पनि कोभिड-19 को स्वास्थ्य सम्बन्धी आवश्यक मापदण्ड र नियमहरू यथावत र पालना गर्नुपर्ने र भैरहेको छन्। मकाउ मा कार्यरत रहि विदामा नेपालमा गएक हरू लकडाउन पछि नेपाल मा 400 जना को हाराहारी रहेको छ।
रोजगार बाट भिषा नथपिएका काम बाट निकालिएका काम बाट राजीनामा दिएका बिरामी गर्भवती र घुम्न आएकाहरू लकडाउन पछि मकाउ मा रोकिएको र नेपाली महावाणिज्य दूतावास हङकङ तथा मकाउ को सहयोगमा र आवश्यक समन्वय र सहकार्य गरी नेपाल वायुसेवा निगमको हङकङ आएको विमान चार्टर मार्फत ६३ जना लाई आवश्यक प्रक्रिया पूरा गरी 26 June मा नेपाल फर्किनको लागि पहल र सहजिकरणको भूमिका निर्वाह गरी कार्य गरिएको ।
नेपाली महावाणिज्य दूतावास हङकङ बाट दिइने सेवा र अति आवश्यक कार्यहरू लकडाउनले गर्दा गैरआवासीय नेपाली संघ मकाउ ले महावाणिज्य दूतावास संग समन्वय गरि मकाउमा रहेका नेपालीहरूलाई सहयोग र सेवा प्रदान गरिरहेको छ।