HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

गैरआवासीय नेपाली संघ फ्रान्सले कोरना भाईरस [कोभिड-१९] सम्बन्धी गरेका पछिल्ला गतिविधिहरू

गैरआवासीय नेपाली संघ फ्रान्सले कोरना भाईरस [कोभिड-१९] सम्बन्धी गरेका पछिल्ला गतिविधिहरू
June 4, 2020support@nrna.orgNCC

४ जुन २०२० ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद गरेको निर्देशन अनुसार  नेपाल सरकारलाई सहयोग गर्ने र विभिन्न मुलुकमा रहेका नेपालिहरुलाई यो माहामारीबाट बच्नको  संघले  गर्नुपर्ने विभिन्न सचेतना, साबधानी उपायहरु, कोरना भाइरसका लक्षणहरु र यसबाट बच्ने उपायहरु सम्बन्धित लेख रचनाहरु, सामजिक संजाल मार्फत व्यापक प्रचार गरिएको थियो र सहयोगका कदमहरु  अगाडी बढाउदै  निम्न अनुसारको गतिविधिहरु गरिरहेको छ ।

  • गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले कोभिड-१९ अर्थात कोरोना महामारीको कारणले उत्पन्न असामान्य परिस्थितिमा समस्यामा परेका फ्रान्स स्थित  नेपालीहरुलाई पहिलो चरणको  ५५ जनालाई खाद्यान्न राहत प्याकेज वितरण गरेको  छ ।
  • कोभिड -१९ लागि युवा संयोजक र महिला संयोजकको नेतृत्वमा महिला तथा युवा समिती गठन  गरेर नेपाली महिला तथा युवाहरू वा जो कोहि नेपालीलाई परेको समस्याको लागी नेपाली डाक्टरहरू बाट स्वाथ सम्बन्धी परामर्श सेवा (médical counseling) वा अन्य समस्याको लागि परामर्श सेवा चाहिएमा लिन सक्ने गरी संघले व्यवस्था गरिएको छ।
  • यस राहत कार्यक्रमलाई अझ सुरक्षित र व्यापक रुपमा लैजाने प्रयास अनुरुप गैरआवासीय नेपाली संघ फ्रान्सको सक्रियतामा र संयोजकमा सामुहिक सहकार्यमा  फ्रान्समा भएका  संघ संस्थाहरु मिलेर [कोभिड १९ संयुक्त सहयोग समिति, फ्रान्स ] गठन गरिएको छ । यसमा नेपाली राजदुताबास फ्रान्स संरक्षक र अन्य  सँस्थाहरु संयुक्त सहयोग समिती फ्रान्सका सदस्य हुने गरि संगठीत भएर राहत सम्बन्धि काम कारवाहीलाई अघि बढाइसकेको र १२ वटा संस्थाहरु एकत्रित भएर लागी परेका र  यस विषम परिस्थितिमा फ्रान्समा रहनुहुने नेपाली बिद्यार्थी, साथै आफ्नो कागजी प्रक्रियामा रहनुभएका काम नहुने र सरकारी सहयोग नपाउने नेपालीहरु नगद स्वरुप ५०/७५/१०० युरो को दरले वितरण गरिएको थियो साथै यस समितिको बजेड लगभग १०,०००(दस हजार युरो) २०० जना भन्दा बढीलाई सहयोग गरिएको छ ।
  • नेपाली समुदायको राहतको अझ धेरै माग र अवस्थाले सृजना गरेको आर्थिक संकटलाई मध्यनजर गरी एनआरएनए फ्रान्सले केन्द्रसंग आर्थिक सहयोगको अपिल गरेको छ । तेसै गरि यो महामारी नारोकिए सम्मको लागि गैरआवासीय नेपाली संघ फ्रान्सले निरन्तर रुपमा खाध्यान्न सहयोग गर्ने प्रतिबद्ता गरेको छ । साथै तथ्यांक संकलन समितिले उपलब्ध गराएको जानकारी अनुसार अझै लगभग २००जना लाई राहत आबस्यक भएको हुदा वितरणलाई ध्यान दिदै छुट्टै थप खाध्यान्न सहयोग कार्यक्रम ल्याउने योजना बनाएको छ।
  • गैरआवासीय नेपाली संघ फ्रान्सलाई सहयोग गर्ने भोलेन्टिएरहरु २५ जना, संघले राहतमा चामल, दाल, भेजीटेबल, तेल, नुन, चिनी र मास्क लगायत बिभिन्न आवश्यक समानहरू संघले उपलब्ध गराएको थियो । खाध्यान्न राहतको लागि लागत ख़र्च ४,५००€ (चार हजार पाच सय युरो)भएको छ । केंद्रले संचालन गरेको कोभिड-१९ कोषमा गैरआवासीय नेपाली संघ फ्रान्सले ९५०€ युरो केन्द्र को कोभिड-१९ राहत कोषमा जम्मा गरेको छ ।

यस अलावा एनसिसि फ्रान्सले कोभिड १९ सम्बन्धमा अन्य सहयोगका गतिविधिहरु गरिरहेको छ ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved