गैरआवासीय नेपाली संघ मध्यपूर्वको कोभिड १९ सम्बन्धमा बैठक

२९ मे २०२० ।
गैरआवासीय नेपाली संघ मध्य पूर्वद्वारा आयोजित मध्यपूर्बका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा छलफल गरेको छ। भर्चुअल बैठकमा गरिएको उक्त छलफल कार्यक्रममा कतारका लागि महामहिम राजदुत नारद भारद्वज र ओमानका लागि महामहिम राजदूत शर्मिला पराजुली र सांसद गंगालाल तुलाधरको उपस्थित रहेको थियो।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँग नेपाली फर्काउने बिषयमा एनआरएनएले धेरै पटक छलफल गरेको र छिट्टै नै अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने कार्य शुरु हुने जानकारी दिनु भयो। उहाँले मध्यपूर्बको एनआरएन टीमले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
प्रबक्ता डिबी क्षेत्रीले नेपालीहरुलाई मनोबैज्ञानीक रुपमा काउन्सिलिङ गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले समितिले हप्ताको दुई तीन पटक फ़ेसबुक लाईब मार्फत नेपालीहरुको मनोबल उच्च बनाउन परामर्श दिनुपर्ने बताउनु भयो ।
छलफल कार्यक्रममा संघका सचिब राजेन्द्र कुमार शर्माले उपस्थित सबैलाई स्वागत गर्दै मध्यपूर्बका नेपालीहरुको जोखिमलाई सरकारले छिट्टै सम्बोधन गर्नु पर्ने बताउनु भएको थियो । मध्यपूर्ब संयोजक प्रबीण गुरुङले नेपालीहरुको खाडीमा कार्यरत नेपालीहरुको अवस्थाबारे जानकारी गराउनु भएको थियो। यसैगरी सहसंयोजक मनोज गोर्खालीले मध्यपूर्बमा धेरै नेपालीहरुको शब अलपत्र परेको जानकारी गराउनु भयो। उहाँले स्वास्थ्य समितिले कोरोना पस्चात पनि निरन्तर रुपमा आफ्नो भूमिका निर्बाह गर्न अनुरोध गर्नु भएको छ। साउदी अरबमा रहेकी आईसिसी सदस्य जस्मिन बेगम शैयदले नेपाली महिलाहरुको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो।
स्वास्थ्य समितिका संयोजक डाक्टर संजिव सापकोटा, यूएई एनसीसीका अध्यक्ष प्रकाश कोईराला, कतार अध्यक्ष मोहम्मद मुक्तदा, साउदी अध्यक्ष तेज बहादुर थापा, ओमान अध्यक्ष सेवन पुर्जा, बहराइन अध्यक्ष लक्ष्मी गिरी, कुवेत अध्यक्ष सुजन केसी र उप क्षेत्रीय संयोजक राजेन्द्र (जोन) अर्यालले मध्यपूर्बका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो।
त्यसैगरी कार्यक्रममा मध्यपूर्बमा कार्यरत श्वास्थ्यकर्मीहरुले नेपालीहरुको अवस्थाको बारेमा अनुभबहरु साट्नु भएको थियो। मध्यपूर्ब स्वास्थ्य समितिका डा. नितेश आर्यालले अनलाइन काउन्सिलिङ गर्न बिभिन्न योजनाहरु प्रस्तुत गर्नु भएको थियो। यूएईमा कार्यरत डाक्टर रबिन्द्र यादब, नर्स गंगा खनाल, डाक्टर रोशन पोखरेल, डाक्टर पुरुष श्रेष्ठ, डाक्टर राजेश पौडेल, डाक्टर अनिरुद्द पाठकले आफ्नो आफ्नो धारणा राख्नु भएको थियो।
समितिले बिभिन्न देशमा रहेका दुताबासमा हेल्थ काउन्सिलिङ हट लाइनको ब्यवस्था गरी निशुल्क परामर्श दिनुपर्नेमा जोड दिएको छ।
संचार तथा प्रकाशन समिति,
गैरआवासीय नेपाली संघ