कोभिड १९ को रोकथामको लागि क्यानडाका नेपाली समुदायको पहल

कोभिड १९ भाइरसका कारण विश्वमा महामारीको घोषणा संगै क्यानडा पनि अछुतो रहन सकेन । यो समाचार बनाइरहदा २४ नेपालीलाई संक्रमण देखियो । २४ मध्ये आधा भन्दा बढी पूर्ण रुपले स्वस्थ्य बनिसकेका छन । ४ जना जति जटिल आवस्थामा छन भने अन्य भने क्रमिक रुपमा सुधार हुदै आएका छन् । हाम्रो जानकारीमा आए अनुसार कोभिड १९ कारण क्यानडामा कुनै नेपाली अहिलेसम्म ज्यान गुमाउनु परेको छैन । यद्यपी क्यानडामा संक्रमित हुनेको सख्या ८७,५१९पुगेको छ भने मृत्यु हुनेको सख्या ६७६५ नाघेको छ ।
क्षेत्रफलको अधारमा विश्वकै दोश्रो ठूलो देश क्यानडा नेपालीहरुमा कुनै मानविय क्षति नभए पनि अन्य क्षेत्रमा परेको प्रभाव भने कम छैन । क्यानडा सरकारले कोभिड १९ बाट प्रभावित भएका सबै नागरिकलाई विभिन्न राहत प्याकेज उपलब्ध गराएर नागरिक प्रतिको दायित्व मात्र पुरा नगरि अभिभावकत्वको महसुस पनि दिलाएको छ । त्यसैले पनि यहाका नागरिकहरु सरकारप्रति धेरै आभारी छन् । आप्mना नागरिक बाहेक वर्क परमिटमा रहेका, स्टडि परमिट रहेका अन्राष्ट्रिय विद्यार्थीलाई पनि समेटी राहत कोष वितरण गर्नुले जनस्तरबाटै सरकारलाई प्रसंसा मिलेको हो ।
डकुमेन्ट नभएका व्यक्तिहरुलाई भने सरकारको कुनै पनि राहत कोषले समेटेको छैन भने भिजिटरहरुको सवालमा भने भिषा अवधि बढाउने देखिका विषयमा भने अतिनै खुकुलो निती ल्याएको छ । आप्mना नागरिकलाई विश्वका सबै देशबाट क्यानडाले स्वदेश ल्याइरहेको छ । र, अन्य देशका नागरिक पनि स्वदेश फर्कन चाहनेलाई सहजी करणको भुमिका निर्वाह गरेको छ ।
कोरोना १९ का कारण रोजगारी गुमेकालाई प्रतिव्यक्ति महिनाको दुई हजार डलरका दरले चार महिनासम्म दिने व्यवस्था सरकारले मिलाएको छ । अन्तराष्ट्रिय विद्यार्थीहरुको हकमा पनि विभिन्न सुविधा दिएको छ । त्यस्तै साना व्यवसायी, स्वरोजगारी र उद्योगीहरुलाई पनि राहत कोष खडा गरि सबैलाई सहयोग गरेको छ क्यानडा सरकारले । एनआरएनए क्यानडाले सरकारी राहत कोष अर्थात क्यानडा इमरजेन्सी रेस्पोन्स बेनिफिट कसले र कसरी लिन पाइन्छ भनेर एक गाइड लाइन नै तयार गरी प्रकाशनमा ल्याएको छ ।
अन्य देशबाट क्यानडामा आएर पढ्नेको सख्या अहिले ६ लाख भन्दा बढि छ । पछिल्ला सालमा नेपाली विद्यार्थीको सख्या क्यानडामा ह्यात्तै बढेको देखिन्छ । २०१९ र २०२० नेपाली क्यानडामा ठूलो सख्यामा प्रवेश गरेका छन् अध्ययनका लागि । निःसन्देह, कोभिड १९ बाट सबै भन्दा बढि प्रभावित हुने समुह Study परमिटमा रहेका विद्यार्थी हुन् । त्यसैले उनीहरुलाई सहयोग गर्न एनआरएनए क्यानडाले नेपाली विद्यार्थीको नाम आफ्नो वेभ पोटलमा राख्न आह्वान गरेको छ । र, यसमा करिव ४५० नाम दर्ता गरिसकेका छन् । केहि विद्यार्थीको नाम नेपाली दुतावासबाट पनि प्राप्त भएका छन् । एनआरएनएको सम्पर्कमा नआएका वा दर्ता हुन नसेका विद्यार्थीको सख्था थप २ सय भन्दा बढी हुने अनुमान गरिएको छ ।
कोभिड १९ बाट प्रभावितलाई राहत दिन एनआरएन क्यानडाले कोष स्थापना गर्न मार्चको तेश्रो साताबाट पहल शुरु गरको हो । क्यानडामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधि सहितको समुदायले राष्ट्रियस्तरको राहत कोष संकलन समितिको गठन सोहि महिनामै भयो । समितिको नेतृत्व गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय क्यानडाले गरेको छ । यसमा नेपाली दुतावास क्यानडा र टोरोन्टो र क्यालगरिका दुवै कन्सुलर जेनेरलले आर्थिक सहयोग गरेका छन् । समुदायको तर्फबाट धेरै संघ सस्थाले आर्थिक सहयोग दिएका छन् ।
कोभिड १९ कै विषयमा क्यानडाभरीका नेपाली समुदायलाई समेट्ने गरि भरचुएल मिटिङ हुने गरेका छन । यसको समन्वयकारी भुमिका एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले गर्दै आएका छन् । कोभिड १९ को पछिल्लो अपडेट, राहत कोषको आय व्यय, विद्यार्थीमा आइपरेका समस्या लगायतका विषयमा नेपाली दूतावास लगायत यहाँ रहेका समुदायलाई विभिन्न माध्यमबाट जानकारी दिदै आएका छन् ।
कोभिड १९ आपतकालीन राहत कोषमा क्यानडाका प्राय सबै प्रान्तका समुदायको विस्वास मात्र जितेको छैन कोषको रकम पनि बढाएको छ । यसमा परोपकारी सस्था चाइल्ड हेभन इन्टरनेशनल र एनआरएनए क्यानडाको सहकार्य गरी इच्छुक दाताहरुलाई ट्याक्स रसिद दिने व्यवस्था भएपछि टोरोन्टोका जेनेरल कन्सुलर डां. कुन्जरमणि शर्माले १० हजार क्यानेडिय डलर कोषलाई प्रदान गरेका छन् । त्यसैगरी टोरोन्टोका युवा एवं सफल व्यवसायी तथा एप्रुभल जेनीका अध्यक्ष आषिश भट्टराईले ५ हजार डलर सहयोग गरेका छन् । कोषमा ३७ हजार डलर उठिसकेको छ । राहत कोष कोभिड १९ प्रभावित विद्यार्थी, भिजिटर अभिभावक, संक्रमित व्यक्ति वा परिवार र डकुमेन्ट नभएका नेपालीलाई सहयोग गर्दै आएको छ । त्यस बाहेक विभिन्न सस्था र दाताहरुले जिन्सी तथा खाध्या पदार्थ उपलब्ध गराउदै आएका छन् । त्यस्तै फ्रन्टलाईन वर्करहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
यो विषम र अनुमान गर्नै नसकिने अवस्थाको कोषको रकम सानो हो । कोषको अधिक्तम सदुपयोग र पारदर्शीतामा विषेश ध्यान दिइएको सह संयोजक गुरुङले बताउदै आएका छन् । कोष बाहेक एनआरएनए क्यानडाले कोभिड १९ सम्बन्धि पीपीइ सामाग्री माक्स, ग्लोभस, सेनिटाइजर अन्तराष्ट्रिय विद्यार्थी, प्रन्ट लाईन र्वकरस, सिनियर पिपुललाई उपलब्ध गराउदै आएको छ । कोभिड १९ को महामारी घोषणा संगै एनआरएनए क्यानडाले शुरुदेखि नै सचेतनका कार्यक्रम पनि गर्दै आएको छ । लन्डन ओन्टारियो, टोरोन्टो, बेरी, सदवेरी, ब्राम्पटन, मिसिसागा, ओटवा र अन्य स्थानमा रहेका विद्यार्थीलाई एनआरएनका प्रतिनिधि र स्वंयसेवीहरुले पीपीइ र खाध्यान्न वितरण गर्दै आएका छन् । स्थानिय विभिन्न फुड बैक, खालसा, ओन्टारियो सिख, सेल्भेसन आर्मी लगायत परोपकारी सस्थाहरुसंग सहकार्य गरि निरन्तर टोरोन्टो आसपासका दुई सय भन्दा बढि विद्यार्थीलाई निःशुल्क खाध्यान्न उपलब्ध राएको छ । यसलाई निरन्तरता दिन प्रयास पनि गरिएको छ । यो विषम परिस्थितीमा अनुभवि, विज्ञ र जनस्तरबाट आएका सुझावका आधारमा एनआरएनए क्यानडाले आप्mनो मार्गनिर्देश बनाउने गरेको सस्था उपाध्यक्ष उज्जल थापाले बताएका छन् ।
त्यसै गरि भिजिट भिषामा क्यानमडा आएका नेपालीलाई पनि स्वदेश फर्कन एनआरएनए क्यानडाले नाम दर्ता गराउन आह्वान गरेको छ । आफ्ना परिवारलाई भेट्न क्यानडा आएका अभिभावक र आफन्तजनलाई नेपाल फर्काउन आवश्यक पहल गर्नका लागि अध्यक्ष घिमिरेले परराष्ट्रमन्त्री प्रदिप ज्ञावली, एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्त, राजदुत ढुंगनासंग प्रत्यक्ष परामर्श गरि आवश्यक पहल गर्न अनुरोध गरेका छन् । अहिलेसम्म यसमा करिव ७० जनाले नाम दर्ता गराएका छन् ।
त्यस्तै एनआरएनए क्यानडाले नेपाली विद्यार्थीहरुलाई पाठ्यक्रम अनुरुप अनलाई कक्षा संचालनमा ल्याइसकेको छ भने नेपाली भाषामा सचेतना दिलाउन र विभिन्न अनुभव सेयर गर्न एनआरएनए क्यानडाले हप्तामा कम्तिमा दुईवटा कार्यक्रम यूटुवबाट र फेसबुकबाट एकैसाथ लगातर लाइभ प्रसारण गर्दै आएको छ । “फ्रन्टलाइन सो” मार्पmत समुदायका विभिन्न व्यक्ति, हेल्थ केयर प्रोफेसनल, डाक्टर, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिवहरु, सहयोगी दाताहरु, स्थानीय सांसद र राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतहरुसंग छलफल र बहस संचालन गर्दै आएको छ । अर्कातिर कोभिड १९ कै कारण नेपालमा अड्किएर रहेका क्यानेडियन नागरिक अर्थात पि आर भएका नेपालीहरुलाई पनि क्यानडा ल्याउन पहल शुरु गरेको छ । नेपालमा अड्किएका क्यानेडियनलाई एनआरएनएको सम्पर्कमा आउन अनुरोध गरिएको छ । आह्वान अहिलेसम्म १८० जनाले आफ्नो नाम नेपालबाट क्यानडा फकर्ने लिष्टमा दर्ता गराएका छन् । र, क्यानेडियन हाइ कमिसन न्यू देल्ही र स्थानिय सांसदहरु मार्फत पहल गरिने उपाध्यक्ष विजय पौडेलले बताएका छन् ।