राष्ट्रिय समन्वय परिषद् यूके, कोभिड-१९ सम्बन्धि अभियान

बेलायतमा कोभिड- १९ को प्रभाव देखिन शुरु भए लगत्तै गत मार्च २१ मा बसेको एनआरएनए यूकेको आकस्मिक बिशेष बैठकले स्वास्थ्य विभाग संयोजक डा. सुनिल शाहलाई कोभिड -१९ संयोजन गर्ने जिम्मेवारी प्रदान गर्दै संघका बिभिन्न पदाधिकारीहरुको संयोजनमा विभागीय समितीहरु गठन गरेर सुचना सचेतना र परामर्शका बिभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको थियो ।
एनआरएन यूकेले संचालन गर्ने कोरोना सम्बन्धि सबै गतिविधीहरुलाई केन्द्रिकृत तहबाट अवलोकन, मुल्यांकन र दिशानिर्देश गर्ने गरी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोभिड संयोजक सुनिल शाह सम्मिलित स्टेरिंग समितीको मातहतमा रहेर कार्यसम्पादन हुदै आएको छ ।
सर्वप्रथम कोरोना पिडित सहयोगको लागि सचिव द्वय जित रानाभाट र कृष्ण ढकाल तथा सदस्य हेम गुरुङ को संयोजनमा सचिव स्तरीय ३ वटा हेल्पलाईनको स्थापना गरेर पूर्णकालीन हेल्पलाईन सेवा प्रदान गर्दै आईरहेको छ । अहिले सम्म हेल्पलाईनमा १५ सय भन्दा बढी संख्यामा आएका सोधपुछ हरुलाई परामर्श र राहात लगायतको सेवा प्रदान भईसकेको छ ।
पहिलो चरणमा नेप्लिज डाक्टर्स एसोशियसन यूके र नेपलिज नर्सिंग एसोशियसनए यूकेको सहकार्यमा बेलायतमा कार्यरत २५ जना नेपाली डाक्टर तथा २४ जना नर्सहरुलाई स्वास्थ्य परामर्श लगायतका बिषयमा तत्काल परिचालन गरिएको थियो । नेपाली डाक्टर हरुलाई संघको फेशबुक पेज मार्फत २ हप्ता सम्म दैनिक फेशाबुक लाईभ शो मार्फत बेलायतवासी नेपाली हरुलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गर्नुका साथै कोरोना संक्रमित नेपालीहरुलाई व्यक्तिगत रुपमा टेलिफोन मार्फत परामर्श समेत उपलब्ध गराउदै आएको छ ।