राष्ट्रिय समन्वय परिषद क्यानाडाको कोभिड १९ सम्बन्धी गतिविधिहरु

२२ मई २०२० ।
- कोरोना १९ भाइरसका कारण विश्वमा महामारीको घोषणा संगै क्यानडामा पनि अछुतो रहन सकेन । यो समाचार बनाइरहदा १५ नेपालीलाई संक्रमण देखियो । १५ मध्ये २ जनालाई अलि जटिल अवस्था पुगे पनि कोरोनालाई जित्न सफल भएका छन र भने बाकी ८ जना सामान्य लक्षण देखिएकोले आइसोलेसनबाट स्वस्थ्य बनि सामान्य जीवन शैलिमा फर्किसकेका छन् । बाकी ५ जना सेल्फ आइसोलेसनमा छन् । उनीहरुको अवस्था क्रमिक सुधार हुदै आएको छ । कोरोनाकै कारण क्यानडामा अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । यद्यपी क्यानडामा संक्रमित हुनेको सख्या ८१,३२४ पुगेको छ भने मृत्यु हुनेको सख्या ६१५२ नाघेको छ ।
- क्यानडाका नेपालीहरुमा कुनै मानविय क्षति नभए पनि अन्य क्षेत्रमा परेको प्रभाव भने कम छैन । क्यानडा सरकारले कोरोनाबाट प्रभावित भएका सबै नागरिकलाई विभिन्न राहत प्याकेज उपलब्ध गराएर नागरिक प्रतिको दायित्व पुरा गरेको छैन साच्चिकै अभिभावकत्वको महसुस पनि दिलाएको छ । त्यसैले पनि यहाका नागरिकहरु सरकारप्रति अतिनै आभारी र धन्य छन् । आफ्ना नागरिक बाहेक वर्क परमिटमा भएका, स्टडि परमिट अन्राष्ट्रिय विद्यार्थीलाई पनि समेटी राहत कोष वितरण गर्नुले जनस्तरबाटै सरकारलाई धन्यवाद मिलेको छ ।
- डकुमेन्ट नभएका व्यक्तिहरुलाई भने सरकारको कुनै पनि राहत कोषले समेटेको छैन भने भिजिटरहरुको सवालमा भने भिषा अवधि बढाउने देखिका विषयमा भने अतिनै खुकुलो निती ल्याएको छ । आफ्ना नागरिकलाई विश्वका सबै देशबाट क्यानडाले स्वदेश ल्याइरहेको छ । र, अन्य देशका नागरिक पनि स्वदेश फर्कन चाहनेलाई सहजी करणको काम गरेको छ ।
- कोरोना १९ का कारण रोजगारी गुमेकालाई प्रतिव्यक्ति महिनाको दुई हजार डलरका दरले चार महिनासम्म दिने व्यवस्था सरकारले मिलाएको छ । अन्तराष्ट्रिय विद्यार्थीहरुको हकमा आम्दानीको आधारमा न्यूनतम १२५० डलर प्रतिमहिना पाउदै आएका छन् ।
- एनआरएनए क्यानडाले सरकारी राहत कोष अर्थात क्यानडा इमरजेन्सी रेस्पोन्स बेनिफिट कसले र कसरी लिन पाइन्छ भनेर एक गाइड लाइन नै तयार गरी प्रकाशनमा ल्याएको छ । तर सन् २०१९ को अन्तिम तिर र २०२० मा आएका विद्यार्थी भने त्यो सुविधा लिन नमिल्ने ट्याक्स एकाउन्टेन्ट बासु लम्साल बताउछन् । त्यस्तै साना व्यवसायी, स्वरोजगारी र उद्योगीहरुलाई पनि राहत कोष खडा गरि सबैलाई सहयोग गरेको छ क्यानडा सरकारले ।
- २०१९ र २०२० मा नेपालीहरु क्यानडामा ठूलो सख्यामा प्रवेश गरेका छन् अध्ययनका लागि । निःसन्देह, कोभिडबाट सबै भन्दा बढि प्रभावित हुने समुह स्डडि परमिटमा रहेका विद्यार्थी हुन् । त्यसैले उनीहरुलाई सहयोग गर्ने मनसायले एनआरएनए क्यानडाले नेपाली विद्यार्थीको नाम आफ्नो वेभ पोटल राख्न आह्वान गरेको छ । र, यसमा करिव ४५० नाम दर्ता गरिसकेका छन् । अन्य केहि विद्यार्थीको नाम नेपाली दुतावासबाट पनि प्राप्त भएका छन् । एनआरएनएको सम्पर्कमा नआएका वा दर्ता हुन नसेका विद्यार्थीको सख्था थप २ सय भन्दा बढी हुने अनुमान गरिएको छ ।
- कोभिड १९ बाट प्रभावितलाई राहत दिन एनआरएन क्यानडाले कोष स्थापना गर्न मार्चको तेश्रो साताबाट पहल शुरु गरको हो । क्यानडामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधि सहितको समुदायले राष्ट्रिय स्तरको राहत कोष संकलन समितिको गठन सोहि महिनामै भयो । समितिको नेतृत्व गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरएन एनसीसी) क्यानडाले गरेको छ । यसमा नेपाली दुतावास ओटवा अनि टोरोन्टो र क्यालगरिका दुवै जेनेरल कन्सुलरले आर्थिक सहयोग गरेका छन् । समुदायको मार्फत बात धेरै संघ सस्थाले आर्थिक सहयोग दिएका छन् । भने धेरैको विश्वास जित्न सफल भएको पनि छ ।
- कोभिड १९ कै विषयमा क्यानडाभरी समुदायलाई समेट्ने गरि भरचुएल मिटिङ हुने गरेका छन । यसको समन्वयकारी भुमिका एनआरएनक्यानडाका महासचिव पिताम्वर भट्टराईले गर्दै आएका छन् । कोभिडको पछिल्लो अपडेट, राहत कोषको आय व्यय, विद्यार्थीमा आइपरेका समस्या लगायतका विषयमा राजदुत भृगु ढुंगना, नेपाली जेनरल कन्सुलर टोरोन्टोका डा. कुन्जरमणि शर्मा, क्यानडाका अध्यक्ष चिरन्जिवि घिमिरे, एनआरएनए क्यानडाका संस्थापक अध्यक्ष तथा कोष संकलन समितिका सह. संयोजक नवराज गुरुङ, एनआरएनए आइसीसी गौरीराज जोशी, अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, सह संयोजक राम सी पोखरेल, एनआरएनका मानर्थ परिषदका सदस्यहरु ढुण्डीराज पाण्डे, अभिमन्यू बस्नेत, प्रमिला बस्नेत, आइसीसी सदस्यहरु गोपी कृष्ण काफ्ले, तुलसी सापकोटा, एनआएनए क्यानडाका पुर्व अध्यक्ष अनिल थापा, सल्लाहकार ज्योति वैध, हेल्पिङ ह्यान्ड वीदआउट बोर्डरसका अन्जनि भट्टराई, सामाजिक अभियन्ता डा.पुर्ण कंडेल, नरहरी तिम्सिना, पशुपतिनाथ मन्दिर (एनसीएचसी) सभापति डा. हरी गुरुङ लगायत समुदायका अन्य प्रतिनिधिहरुसंग समय समयमा भरचुअल बैठक हुने गरेको छ । आर्थिकको विषमा कोषाध्यक्ष सरोज भट्टराई समुदायलाई जानकारी दिदै आएका छन् ।
- मार्चको अन्तिम साताबाट शुरु गरिएको कोभिड १९ आपतकालीन राहत कोषमा क्यानडाका प्राय सबै प्रान्तका समुदायको विस्वास मात्र जितेको छैन कोषको रकम पनि बढाएको छ । यसमा परोपकारी सस्था चाइल्ड हेभन इन्टरनेशनल र एनआरएनए क्यानडाको सहकार्य गरी इच्छुक दाताहरुलाई ट्याक्स रसिद दिने व्यवस्था भएपछि टोरोन्टोका जेनेरल कन्सुलर डां. कुन्जरमणि शर्माले १० हजार क्यानेडिय डलर कोषलाई प्रदान गर्नु भएको छ । त्यसैगरी टोरोन्टोका युवा र सफल व्यवसायी तथा एप्रुभल जेनीका अध्यक्ष आषिश भट्टराईले ५ हजार डलर सहयोग गरेका छन् । कोषमा ३५ हजार डलर उठिसकेको छ । राहत कोष कोरोना प्रभावित विद्यार्थी, भिजिटर अभिभावक, संक्रमित व्यक्ति वा परिवार र डकुमेन्ट नभएका नेपालीलाई सहयोग गर्ने प्रावधान बनाइएको छ । त्यस्तै फ्रन्टलाईन वर्कवरहरुलाई सम्मान गर्ने पनि सो कोष परिचान हुनुपर्ने केहि सुझाव आएका छन् ।
- यो विषम र अनुमान गर्नै नसकिने अवस्थाको कोषको रकम सानो हो । कोषको अधिक्तम सदुपयोग र पारदर्शीतामा विषेश ध्यान दिइएको सह संयोजक गुरुङले बताउदै आएका छन् । कोष बाहेक एनआरएनए क्यानडाले कोरोना १९ सम्बन्धि पीपीइ सामाग्री माक्स, ग्लोभस, सेनिटाइजर अन्तराष्ट्रिय विद्यार्थी, प्रन्ट लाईन र्वकरस, सिनियर पिपुललाई उपलब्ध गराउदै आएको छ । कोभिडको महामारी घोषणा संगै एनआरएनए क्यानडाले शुरुदेखि नै सचेतनका कार्यक्रम सहित पीपीई वितरण गरेको थियो । लन्डन ओन्टारियो, टोरोन्टो, बेरी, सदवेरी, ब्राम्पटन, मिसिसागा, ओटवा अन्य स्थानमा रहेका विद्यार्थीलाई एनआरएनका प्रतिनिधि र स्वंयसेवीहरुले पीपीइ र खाध्यान्न वितरण गर्दै आएका छन् । स्थानिय विभिन्न फुड बैक, खालसा, ओन्टारियो सिख लगायत परोपकारी सस्थाहरुसंग सहकार्य गरि निरन्तर टोरोन्टो आसपासका करिव दुई सय बढि विद्यार्थीलाई निःशुल्क खाध्यान्न उपलब्ध राएको छ । यो कार्य निरन्तरता दिन प्रयास गरिएको छ । यो विषम परिस्थितीमा अनुभवि, विज्ञ र जनस्तरबाट आएका सुझावका आधारमा एनआरएनए क्यानडाले आफ्नो मार्गनिर्देश बनाउने गरेको छ ।
- भिजिट भिषामा क्यानडा आएका नेपालीलाई पनि स्वदेश फर्कन एनआरएनए क्यानडाले नाम दर्ता गर्नको लागि आह्वान गरेको छ । नेपालबाट आफ्ना परिवारलाई भेट्न क्यानडा आएका अभिभावक र आफन्तजनलाई नेपाल फर्काउन आवश्यक पहल गर्नका लागि अध्यक्ष चिरनजिनी घिमिरेले परराष्ट्रमन्त्री प्रदिप ज्ञावली, एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्त, क्यानडाका लागि नेपाली राजदुत भृगु ढुंगनासंग प्रत्यक्ष परामर्श गरि आवश्यक पहल गर्न अनुरोध गर्दै आउनु भएको छ । अहिलेसम्म यसमा करिव ६० जनाले नाम दर्ता गराएका छन् ।
- नेपाली विद्यार्थीहरुलाई पाठ्यक्रम अनुरुप अनलाई कक्षा संचालनमा ल्याइसकेको छ भने नेपाली भाषामा सचेतना दिलाउन र विभिन्न अनुभव सेयर गर्न एनआरएनए क्यानडाले हप्तामा कम्तिमा दुईवटा कार्यक्रम यूटुवबाट र फेसबुकबाट एकैसाथ लगातर लाइभ प्रसारण गर्दै आएको छ ।
- “फ्रन्टलाइन सो” मार्फत समुदायका विभिन्न व्यक्ति, हेल्थ केयर प्रोफेसनल, डाक्टर, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिवहरु, सहयोगी दाताहरु, स्थानीय सांसद र राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतहरुसंग छलफल र बहस गरिदै आएको छ ।
- अ कोभिड १९ कै कारण नेपालमा अड्किएर रहेका क्यानेडियन नागरिक अर्थात पि आर भएका नेपालीहरुलाई पनि क्यानडा ल्याउन पहल शुरु गरेको छ । त्यसका लागि पनि नेपालमा अड्किएका क्यानेडियनलाई एनआरएनएको सम्पर्कमा आउन अनुरोध गरिएको छ । आह्वान गरकै दिन ७० जनाले आफ्नो नाम नेपालबाट क्यानडा फकर्ने लिष्टमा दर्ता गराएका छन् । र, क्यानेडियन हाइ कमिसन न्यू देल्ही र स्थानिय सांसदहरु मार्फत पहल गरिने भएको छ ।