नेदरल्याण्डस् मा गैर-आवासिय नेपाली र कोभिड-१९

लेखक: शशी पौड्याल, पुर्व सल्लाहकार एनआरएनए आइसिसि, संस्थापक अध्यक्ष एनआरएनए नेदर्ल्याण्ड, अध्यक्ष नेपाल बिकास प्रतिष्ठान नेदर्ल्याण्ड
नेदर्ल्याण्ड र गैर-आवासिय नेपाली
नेदरल्याण्डस् पश्चिम युरोपमा अवस्थित छ र यसको जनसंख्या १ करोड ७० लाख छ । उत्तर देखि दक्षिण सम्म ३९० किलोमिटर लामो र पूर्व देखि पश्चिम सम्म २०० किलोमिटर चौडा छ । मुलभूमि बाहेक नेदर्ल्याण्डको उत्तर भागमा छ वटा द्वीपहरू छन् । पूर्व पट्टीको सिमाना जर्मनी, दक्षिण पट्टीको बेल्जियम, पश्चिममा उत्तरी सागर तथा उत्तर पट्टीको उत्तरी सागर अवस्थित छ । नेदर्ल्याण्डको एक तिहाइ भुभाग समुद्री सतह देखि मुनि अवस्थित छ र उत्तरि सागर बाट बाँधहरू द्वारा रक्षा गरिएको छ । नेदर्ल्याण्ड विश्वको सर्वाधिक वाक्लो जनसंख्या भएको राष्ट्रहरू मध्ये एक हो । यसको राजधानी आम्सटर्डम हो र सरकार द हेग (The Hague) मा स्थापित छ । नेदर्ल्याण्डसमा १२ अञ्चल र २०९ नगरपालिकाहरू छन् । राष्ट्रिय भाषा डच (Dutch) हो । नेदर्ल्याण्डमा करिब २३०० गैर-आवासिय नेपालीहरु व्याबसाय, रोजगारी, विद्यार्थी वा अन्य पेशामा कार्यरत रहदै बसोबास गरिरहेका छन । गैर-आवासिय नेपालीहरुको नेदर्ल्याण्डमा प्रवेश १९६० तिर भएको र ईण्डियनहरुको रेस्टुराँ व्याबसायमा काम गर्ने सिलसिलामा नेदर्ल्याण्ड भित्रिएको बुझिएको छ । सन २००५ मा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद श्री शशी पौड्यालको अध्यक्षतामा स्थापित भएको थियो भने हाल ८३० जना यसका पंजिक्रित सदस्य छन ।
कोभिड-१९ नेदरल्याण्डस्मा
चीनको हुवान बाट शुरुवात भएको कोरोना भाईरस (कोभिड-१९) द्वारा ५६ वार्षिय डच नागरिकलाई सन २७ फेब्रुवरी २०२० नेदर्ल्याण्डमा पहिलो संक्रमण देखा परेको थियो भने ६ मार्च २०२० मा नेदर्ल्याण्डले पहिलो नागरिक गुमाउनु परेको थियो । नेदर्ल्याण्ड सरकारले १८ मार्च २०२० देखि मुलुकलाई अर्ध-लकडाउन – इन्टेलिजेन्ट लकडाउन पनि भन्ने गरिन्छ – मा राखेको थियो तर ११ मे २०२० देखि लकडाउनलाई खुकुलो पार्दै लैजाने रणनिती बमोजिम प्रार्थमिक बिद्यालय र जुन ०१ देखि माद्यामिक बिद्यालय साथै १।५ मिटर को दुरिलाई कायम गर्दै होटेल र रेस्टुराँ हरु खुलाउने निर्णय भएको छ । आज २१ मे २०२० सम्ममा आधिकारिक सन्क्रमित संख्या ४४,७०० र मृत्यु संख्या ५,७७५ पुगेको छ जसमध्य ३९ वर्षिय नेदर्ल्याण्डमा बस्ने गैरआवासिय नेपाली महिला पनि एक हुनुहुन्छ ।
गैर-आवासिय नेपाली र कोभिड-१९
गैर-आवासिय नेपाली संघ नेदर्ल्याण्डले श्री श्रिराम कंडेलको अध्यक्षतामा बिभिन्न समितिहरु गठन गरि कोरोना लकडाउन बाट प्रभावित गैर-आवासिय नेपाली व्याबसायी र ब्याक्तिहरुलाई तुरुन्त राहत र सुचना उपलब्ध गराउदै आएको छ । नेदर्ल्याण्डमा अबैधानिक बसोबास गर्ने संख्या न्युन भएकोले र निजहरुलाई सरकारले सुबिधा उपलब्ध गराएको हुँदा यो समुहलाई कुनै सहयोग गर्नु नपरेको र विद्यार्थीहरुको हकमा भने पटक पटक खाध्यान्न उपलब्ध गराउने भनि सुचना जारी भैरहेको संघका महासचिव तथा उद्धार समिती संयोजक संघर्शशिल के सी द्वारा जानकारीमा आएको छ साथै कार्यसमितिका सदस्यहरु बिभिन्न समितिमा भाग लिएर कोरोना संक्रमणबाट सुरक्षित रहन र पीडितलाई सहयोग गर्न उदाहरणिय काम गरि रहेकोले ३ लाख रुपैयाँले एनआरएन केन्द्रलाई र €५०० ले युरोप कोषमा सहयोग गर्न सफल भएको थियो । गैर-आवासिय नेपाली ब्यावसायीहरुलाई सहयोग र साथ दिनको लागि कोरोना ब्यावसायी सहयोग समितिले नेदर्ल्याण्ड सरकार द्वारा उपलब्ध गराउने राहत र सुबिधालाई क्रमिक रुपमा जानकारीमा ल्याउदै ब्याबसायीहरुलाई सक्दो साथ र सहयोग गर्दै आएको छ ।
त्यस्तै गरि नेपाल बिकास प्रतिष्ठान र नेपाल कोष नेदर्ल्याण्डको संयोजकत्वमा स्थापित कोरोन कोष नेदर्ल्याण्डले दस हजार युरो भन्दा बढि रकम संकलन गरि काठमाडौं, पोखरा, भक्तपुर जस्ता ठाउँहरुमा पीडितहरुलाई राहत उपलब्ध गराइ रहेकोछ ।
नेदरल्याण्डसमा सरकार द्वारा उपलब्ध राहत र गैर–आवासिय नेपाली ब्याबसायी
नेदर्ल्याण्डका बिभिन्न शहरमा गरि करिव ५० जना गैर-अवासिय नेपालीहरुले व्याबसायीक जीवन बिताएका छन जसमध्य ८०% रेस्टुराँ व्याबसाय संचलान गरेका छन भने अधिकाङ्स गैर-आवासिय नेपालीहरु होटेल-रेस्टुराँ व्याबसायमा कामदारको रुपमा रोजगारी गरिरहेका छन । नेदर्ल्याण्ड सरकारले ब्याबसायी र कामदारहरुलाई दिएको सुबिधा निम्न प्रकार छ । मार्च महिना देखि सेप्टेम्बर २०२० सम्मको लागि बढिमा २४,००० युरो राहत उपलब्ध गराउने जसमध्य ४,००० युरो बितरण भैसकेको र २०,००० युरो सेप्टेम्बर सम्ममा उपलब्ध गराउने निर्णय भर्खरै सार्वजानिक गरिएको छ । कामदारको लागि ९०% सम्म तलव मार्च महिना देखि सेप्तेम्बर सम्म नेदर्ल्याण्ड सरकारले भरिदिने निर्णय स्वरुप बिगतको ३ महिनाको तलव सरकारले भरिसकेको छ साथै नेदर्ल्याण्ड सरकारले ९०% सम्म बैंकको ग्यारेँटी बसि ४% ब्याज लाग्ने गरि व्याबसायीले बैंकबाट लोन लिन पाउने सुबिधाका र बिभिन्न खाले कर सम्बन्धी सुबिधाको पनि ब्यवस्था गरेको छ । फ्री ल्यान्सको लागि पनि मासिक १०५० युरो को राहत र लोन लिन पाउने सुबिधाको व्यावस्था गरेको छ । यसरी व्यावसायीहरुलाई राहत र सुबिधा उपलब्ध गराएर देशको अर्थतन्त्रलाई कोरोन संकट बाट जोगाउने रणनिती नेदर्ल्याण्डले अपनाएको छ ।
नेदरल्याण्डस् र पोस्ट कोरोना समय
नेदरल्याण्डस् मा छिमेकी राष्ट्रहरुले पूर्ण लकडाउन गरिरहदा पनि नेदरल्याण्डस् ले इन्टेलिजेन्ट लकडाउन अथवा अर्ध लकडाउन गर्ने निर्णय गरेको अन्य युरोपको तुलनामा नेदल्याण्डको अर्थतन्त्र केहि हद जोगिएको बुझिएको छ । आइ एम एफ (IMF) को रिसर्च बमोजिम कोरोना संकटले युरोपको अर्थतन्त्र ७% ले घट्ने अनुमान छ भने नेदर्ल्यान्डको अर्थतन्त्र ६.८% ले घट्न सक्ने अनुमान गरिएको छ । पोस्ट कोरोना समयमा विश्व भरिनै आर्थिक मन्दि निश्चित छ भने नेदर्ल्याण्ड सरकारले मन्दिलाई कम गराउन बिभिन्न रणनितीहरु अपनाइ रहेकोछ जसमध्य बेरोजगारीता कम गर्न इनोवेटिव र डिजिटल टेक्नोलोजी सम्बन्धी कम्पनीहरुलाई थप सपोर्ट गरि डिजिटल इकोनोमीको ब्रिध्री गर्दै लैजाने रणनिती लिएको छ ।
पोस्ट कोरोनाको समयमा गैर-आवासिय नेपाली व्यावसायी र कामदारहरुलाई पनि आर्थिक संकटले नकारत्मक प्रभाव अवश्य पार्ने छ तथापी कोविड-१९ को प्रक्रिती र पर्बिर्ती लाई किटानी गर्न अझै पनि बिज्ञहरुले नसकेको अवस्था हुँदा जबसम्म कोरोना भाईरसको भ्याक्सिन बन्दैन तबसम्म यसको नकारत्मक प्रभाव समाजमा पारीरहने कुरामा भने सबैको सहमती रहेको छ ।