एनसिसि फ्रान्सले कोरना भाईरस [कोभिड-१९] सम्बन्धी गरेका गतिविधिहरू
![एनसिसि फ्रान्सले कोरना भाईरस [कोभिड-१९] सम्बन्धी गरेका गतिविधिहरू](https://www.covid19.nrna.org.np/wp-content/uploads/2020/05/Around_the_Globe-512.png)
१४ मई २०२० ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले कोभिड-१९ अर्थात कोरोना महामारीको कारणले उत्पन्न असामान्य परिस्थितिमा समस्यामा परेका फ्रान्स स्थित नेपालीहरुलाई पहिलो चरणको खाध्यान्न राहत प्याकेज वितरण गरेको छ र ५५ जनाले राहतको लाभ लिएका छन् ।
विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ चरम प्रभाव र संवेदनशील अवस्थामा गैरआवासीय नेपाली संघले अग्र पङ्क्तिमा रहेर द्रुत गतिमा राहत वितरण गरिरहेको छ । एनसिसि फ़्रान्सले कोभिड -१९ महिला तथा युवा समिती गठन गरेर नेपाली महिला तथा युवाहरू वा जो कोहि नेपालीलाई परेको समस्याको लागी नेपाली डाक्टरहरू बाट स्वाथ सम्बन्धी परामर्श सेवा (medical counseling) वा अन्य समस्याको परामर्श चाहेमा लिन सक्ने गरी संघले व्यवस्था गरेको छ।
यसरी एकातिर कोभिड-१९ बाट बच्ने र बचाउने सावधानी र सरकारी अनुशासन र नियमन थियो भने अर्को तिर राहत वितरणलाई छिटोछरितो रुपमा पुर्याउनु पर्ने परिस्थितिको बाबजुद संक्रमणले फ्रान्समा आफ्नो भयङ्कर उच्चाइ छोइरहेको अवस्थामा एनआरएनए फ्रान्सले युद्धस्तरमा खटेर जोखिम लिदै राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ। कतिपयलाई अनुकूलता हेरी राहत वितरण केन्द्रमा नै बोलाइएको थियो भने कतिपयलाई राहत वितरण उपसमिती भित्रका संपर्क व्यक्तिहरुले घरघरमै राहत पुर्याउने काम गरेका थिएI एनआरएनए फ्रान्सले २५ मार्च देखि राहत वितरण सुरु गरेको थियो।
यस संगै प्रथम चरणको राहत वितरण कार्यक्रमलाई सम्पन्न गरी थपिन गएको सुरक्षा चुनौती, फ्रान्स सरकारले लगाएको दोस्रो चरणको लकडाउनको थप अवधी, नियम, अनुशासनको परिबन्द र परिस्थितिको संवेदनशीलतालाई मनन गरि यस राहत कार्यक्रमलाई अझ सुरक्षित र व्यापक रुपमा लैजाने प्रयास अनुरुप गैरआवासीय नेपाली संघ फ्रान्सको सक्रियतामा र संयोजकमा सामुहिक सहकार्यमा फ्रान्समा भएका संघ संस्थाहरु मिलेर [कोभिड १९ संयुक्त सहयोग समिति, फ्रान्स ] गठन गरिएको थियो। यसमा नेपाली राजदुताबास फ्रान्स संरक्षक र अन्य सँस्थाहरु संयुक्त सहयोग समिती फ्रान्सका सदस्य हुने गरि संगठीत भएर राहत सम्बन्धि कामकारवाहीलाई अघि बढाइसकेको थियो। १२ वटा संस्थाहरु एकत्रित भएर लागी परेका छन। यस विषम परिस्थितिमा फ्रान्समा रहनुहुने नेपाली बिद्यार्थी, साथै आफ्नो कागजी प्रक्रियामा रहनु भएका काम नहुने र सरकारी सहयोग नपाउने नेपालीहरुले सम्पर्क गरी यस राहतको लाभ लिएका थिए ।
फ्रान्स सरकारले बन्दाबन्दीको समयावधि बढाएसंगै दैनिक जनजीवनमा समस्याहरु पनि थपिदै गइरहेको असहज परिस्थितिलाई मध्यनजर गर्दै, यस प्रक्रियामा संयुक्त रुपमा हातेमालो गर्ने संस्थाहरुको प्रयासबाट लगभग(१०,०००€) दश हजार युरोको कोष खडा गरी आर्थिक राहत वितरण गरिएको थियो I यसबाट २०० जना भन्दा बढीलाई सहयोग गरिएको थियो । संयुक्त सहयोग समितीको उद्देश्य लगभग पुरा भएकोले अब फेरी नेपाली समुदायको राहतको अझ धेरै माग र अवस्थाले सृजना गरेको आर्थिक संकटलाई मध्यनजर गरी एनआरएनए फ्रान्सले केन्द्रसंग आर्थिक सहयोगको अपिल गरेको छ । तथ्यांक संकलन समितिले उपलब्ध गराएको जानकारी अनुसार अझै लगभग २००जना लाई राहत आबस्यक भएको हुदा वितरण लाई ध्यान दिदै छुट्टै थप खाध्यान्न सहयोग कार्यक्रम ल्याउने योजना एनआरएनए फ्रान्सले बनाएको छ। एनसिसि फ्रान्सलाई क्षेत्रिय र केन्द्रीय दुवै किसिमको सहयोग चाहिएको छ जुन कुरा सम्बन्धित क्षेत्रिय विभागमा अर्थात् समितिमा रहेका उच्च स्तरीय पदाधिकारीहरुलाई जानकारी र सहयोगको अनुरोध पनि गरिएको छ ।
एनसिसि फ्रान्स ।