गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोभिड १९ सम्बन्धी साप्ताहिक गतिविधीहरु

१. ४ मई २०२०; का दिन महिला फोरमको अनलाइन बैठक सम्पन्न भयो । बैठकमा मुख्तया हिंसामा परेका महिलाहरुको सहयोगको लागि एक संयन्त्र बनाउने र कोभिड १९ का कारण समस्यमा परेका महिला तथा बालबालिकहरुलाइ सहयोग गर्नको लागि राष्ट्रिय समन्वय परिषद्का महिला संयोजकहरुलाइ त्यसको तथ्यांक संकलन गर्नका साथै सहयोग गर्न अनुरोध गरियो ।
२ ५ मइ २०२०; का दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्वका क्षेत्रीय संयोजक प्रविण गुरुङ्गको अध्यक्षतामा क्षेत्रीय बैठक सम्पन्न भयो । बैठकले मुख्यतया कोभिड–१९ को महामारीका कारण विपत्ति आइरहेको बेला नेपाल सरकार परराष्ट्र मन्त्रालयको प्रत्यक्ष संलग्नता र नेपाली दूतावास सहितको अस्तित्वमा रहेका सम्पूर्ण सामाजिक संस्थाहरुलाई समेटेर एउटा विषेश कार्यदल गठन गर्ने सुझाव दियो ।
३ ६ मई २०२०; का दिन संघका अध्यक्ष र परराष्ट्र मन्त्री वीच फोन वार्ता सम्पन्न । मुख्यतया संघले कोभिड १९ बारे गरेका गतिविधिहरुका साथै नेपाल फर्कन चाहने नेपालीहरुको आवश्यक व्यवस्था बारे छलफल
४ मइ ४ देखी ८ मइ २०२०; सम्म संघले पश्चिम क्षेत्रका गोरखा अस्पताल, धनगढी अवस्थित नेपाल चिकित्सक संघ, अछाम हेल्थ नेपाल र नेपाल रेडक्रस पर्सालाई स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध गराउने कार्य सम्पन ।
५ ७ मई २०२०; का दिन संघका अध्यक्ष कुमार पन्त र उपप्रधान मन्त्री तथा नेपाल सरकार उच्च स्तरिय समितिका संयोजक इश्वर पोखरेल संग फोन वार्ता भयो । मुख्यतया विदेशमा रहेका गैरआवासीय नेपालीहरुको अवस्था र नेपाल फर्कन चाहने गैरआवासीय नेपालीहरुलाइ स्वदेश फर्काउने बारे छलफल भयो ।
६ ८ मई २०२०; का दिन विप्रेषण संघ र अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरु वीच छलफल । मुख्यतया कोभिडको लागि सहकार्य बारे छलफल ।
७ ९ मई २०२०; का दिन मध्यपूर्व क्षेत्रका चिकित्सकऽ महामहिम राजदूत र संघका पदाधिकारी विच छलफल । मुख्यतया कोभिड १९ का कारण प्रभावित भएका नेपालीहरुको अवस्था बारे छलफल ।
८ ९ मई २०२०; का दिन १०औ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक सम्पन्न । मुख्यतया विदेशमा कोभिड १९ का कारण समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने बारे छलफल ।
९ ९ मई २०२०; का दिन गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले कोरोनाबाट मृत्यु भएका र संक्रमण भएका नेपालीहरुको तथ्यांक साप्ताहिक रुपमा प्रकाशन गर्ने काम सम्पन्न ।
१० यो हप्ता भरी अर्थात ३ मइ देखीदेखथात ३ म्था बारे धिह ९ मइ सम्मा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले कोभिड १९ का कारण प्रभावित भएका एनसिसिहरु संग सहयोगको लागि समन्वय र आर्थिक सहयोग गर्ने कार्य गरेको ।