HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

कोरोना महामारीमा गैरआवासीय नेपाली संघ बेल्जियमका गतिबिधी:

कोरोना महामारीमा गैरआवासीय नेपाली संघ बेल्जियमका गतिबिधी:
May 5, 2020support@nrna.orgNCC

४ मई २०२० ।

कोरोना(COVID- 9) भारसका कारण विश्व आक्रान्त परिरहेका बेला बेल्जियम पनि नराम्ररी प्रभावित बनेको छ। बेल्जियम करीबदुई महिना  यता लकडाउनको अवस्था सामना गरिरहेको छ। कोरोनाकै कारणबाट हालसम्म करिब 8000 बेल्जियन नागरिकले ज्यानगुमाईसकेको अबस्था छ । गत मार्च 13 बाट बेल्जियम सरकारले लकडाउन घोषित गरेपछि करीब 9000 को जनसंख्यामा रहेको नेपालीसमुदायलाई पनि कोरोनाको प्रभाव प्रत्यक्ष रुपमा नै रह्यो। बैधानिक रुपमा बसोबास गरिरहेका ग़ैरआवासीय नेपालीहरुलाई सरकारले सामाजिक सुरक्षा बापत राहत उपलब्ध गराएपनि बैधानिकताको लागी कुरिरहेकाहरुलाई बढी मार परेको छ ।

ग़ैरआवासीय नेपाली संघ बेल्जियमले सम्पुर्ण अवस्थाको मध्यनजर गर्दै शुरुवातका दिनदेखि हरेक बेल्जियमबासी नेपालीहरुलाई सार्वजनिक सुचना मार्फत आवश्यक सहयोगको प्रतिबद्दता गर्दै अभिभावकत्वको महसुस गराउने कार्य गर्यो। आकस्मिक सहयोग र समन्वयको लागी हरेक  शहरहरुमा “एनआरएनए बेल्जियम स्वयंसेवक दल” निर्माण गरिएको छ। यस दलले  कोरोनासंक्रमित परिवारको लागी सपिंगको ब्यवस्था देखि लिएर अन्य सहयोग गर्ने गरी ब्यवस्था मिलाईएको छ। त्यसै गरी यदि कोहि नेपाली कोरोना संक्रमित भई अस्पताल जानु पर्ने स्थिति आईपरेमा एनआरएनए बेल्जियमका अध्यक्ष महासचिब लगायतका पदाधिकारीहरुको टेलिफोन नम्बरहरुलाई 24 घन्टा उपलब्ध हुनेगरी ब्यवस्था मिलाई सुचित गर्ने काम गरिएको छ। एनआरएनए बेल्जियम मार्फत तत्कालका लागी अत्याबश्यक सामाग्री 1000 पिस “मास्क” बितरण गरिएको छ। त्यस्तै गरी एनआरएनए बेल्जियमले  पनि भैपरि आउनसक्ने स्थितिलाई मध्यनजर गरेर नै “कम्तिमा 10,000 युरो बराबरको आकस्मिक राहत कोष” खडा गर्ने निर्णय गरी सफलता प्राप्त गरेको  र एनआरएनएका अभियन्ताहरुको सहयोग र समन्वयमा उक्त कोष मार्फत बिशेष गरी बैधानिकता कुरी रहनुभएका  करिब 70 गैरआवासीय नेपालीहरुलाई (तत्कालका लागी) एक महिनाको लागी खाधान्न स्वरुप राहत उपलब्ध गराईसकिएको छ ।

अहिले बेल्जियम सरकारले  लकडाउन  खुलाउदै जाने निती अनुरुप आंशिक लकडाउन खुलेको अबस्था छ। तर पनि संक्रमणको दर कमी नभएको कारणले डराउनुपर्ने स्थिती अझै छ। अहिलेसम्म ६ जना नेपाली साथीहरु संक्रमित भए पनि हाल उहॉंहरु सबै स्वास्थलाभ गरेर घर फर्किसक्नुभएको छ। समग्रमा नेपालहरुको स्थिति सामान्य छ। ग़ैरआवासीय नेपाली संघ बेल्जियम हरेक बेल्जियमबासी नेपालीहरुको सुखदुखमा साथ छ भन्ने अनुभुति गराउने अभियानमा रहेको र यहॉंका नेपालीहरुलाई पर्न सक्ने समस्याहरुलाई सम्बोधन गर्न एनसीसी बेल्जियम तत्परेको रहेको छ ।

हालको अवस्था:

1.    आंशिक लकडाउन खुलेको।

2.    नेपाली समुदायमा खासै समस्या नदेखिएको।

3.    10,000 युरो बराबरको राहत कोष निर्माण गरी राहत बितरण गरिएको।

4.    ६ जना नेपाली संक्रमित तर अहिले सबै ठिक भैसकेका।

5.    प्रत्येक क्षेत्रमा करिब ५० को संख्यामा स्वयंसेवक दल परिचालन गरिएको।

6.    खाधान्न राहातको लागी १०२ जनाको निवेदन आएकोमा ७० जनाले राहात प्राप्त गरेको।

7.    करिब ३००० युरो बराबरको राहत बितरण गरिएको।

8.    यहॉंको समस्या ह्यान्डल गर्न एनसीसी बेल्जियम सक्षम रहेको।

9.    एनआरएनए केन्द्रलाई सहयोग गर्ने प्रतिबद्दता गरेको।

राष्ट्रिय समन्वय परिषद

बेल्जियम

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

May 2023
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Jan    
Copyright ©2020 all rights reserved