HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

एनसिसि युकेद्वा राहत सामाग्री वितरणः

एनसिसि युकेद्वा राहत सामाग्री वितरणः
April 30, 2020support@nrna.orgNCC

२७ अप्रिल २०२०

गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले बेलायतमा कोरोनाको कारण समस्यामा परेकाहरुलाई राहत तथा सहयोग उपलब्ध गराउन शुरु गरेको छ । राहत वितरणको पहिलो चरणमा बेलायतमा अध्ययनरत ३० जना नेपाली बिधार्थीहरुलाई आवश्यक खाध्यान लगायतको राहत घरमै डेलिभरी गरिएको छ ।

जसअन्तर्गत राहत पाउनेमा बर्मिङगम यूनिभर्सिटी, हडर्सफिल्ड यूनिभर्सिटी, यूनिभर्सिटी अफ लंकास्टर, कम्ब्रिया यूनिभर्सिटी लगायत लिभरपुल, वुल्भरह्याम्पटन, वेल्स र लन्डनका बिद्यार्थीहरुलाई दाल, चामल, तेल जस्ता अत्यावश्यक सामाग्री वितरण गरिएको हो । एनआरएन यूके हेल्पलाईनमा प्राप्त १६० बिद्यार्थीहरुको समस्या दर्ज भएपछी पहिलो चरणमा रेड जोनमा रहेका बिद्यार्थीहरुलाई राहत वितरण गरिएको हो ।

एनआरएनए यूके मार्फत राहत बाहेक प्राथमिक रुपमा विद्यार्थी हरुलाई सहयोग र राहतमा यूनिभर्सिटीको आफनै स्रोत प्राप्त गर्न सकिने बारे परामर्श प्रदान गर्नुका साथै कामको लागी समेत सघाउ पुर्याईएको छ ।
कोरोना संक्रमणको कारण ज्यान गुमाएका नेपालीहरुका  परिवारलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

त्यसैगरी बेलायतका बिभिन्न ठाउँमा बिशेषत पूर्वगोर्खाको परिवार र वृद्दवृद्दाहरुलाई मास्क, सेनीटाईजर, प्यारासिटामोल लगायतका स्वास्थ्यसामग्री वितरण गरिएको छ । अल्डरसट, फार्नबरो, रेडिंग, बेजिंगस्टोक र प्लमस्टिडमा वितरण गरिएका सामाग्री अधिकांश दाताहरु बाट निशुल्क प्राप्त भएका हुन । बिभिन्न क्षेत्रमा गरेर अहिले सम्म झन्डै ४ सय जनालाई यी सामग्री प्रदान गरिएको छ ।

यसका अलावा एनआरएन यूकेको हेल्पलाईनमा आएको अनुरोध बमोजिम कोरोना संक्रमित बिमारीहरुलाई बेलायतमा कार्यरत बिभिन्न डाक्टरहरुसंग सिधै सम्पर्क गराउदै आईरहेको छ । अत्यन्तै प्रभावकारी देखिएको यो सेवाको अहिले सम्म दर्जनौ व्यक्तिहरुले लाभ लिइसकेका छन ।

सिमीत स्रोत र साधनका बीच एनआरएन यूकेले सिधै आर्थिक सहयोग गर्ने भन्दा पनि सम्बन्धित निकाय तथा अन्य स्रोतबाट प्राप्त गर्न सकिने सहयोगको लागि समन्वय समेत गर्दै आइरहेको छ ।

सबै स्रोतका विकल्पहरु नभएर निकै कठिन अवस्थाबाट गुज्रिरहेका बिद्यार्थी तथा अन्य सहयोगका याचकहरुलाई उनीहरुको आवश्यकतालाई पहिचान गर्दै एनआरएनए यूकेले सहयोग संकलन संगै थप राहत वितरणलाई पनि तिब्रता दिने तयारी गरेको छ ।

कोरोना महामारीको वर्तमान संकटपूर्ण अवस्थामा बेलायतमा समस्यामा रहेका नेपालीहरुलाई एनआरएनए यूकेले संचालन गरेको हेल्पलाईन मार्फत सम्पर्कमा आउनुहुन समेत अनुरोध गरिएको छ ।

राष्ट्रिय समन्वय परिषद युके ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved