HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

विश्वभरका नेपालीहरुमा कोरोना संक्रमण साप्ताहिक अपडेट

विश्वभरका नेपालीहरुमा कोरोना संक्रमण साप्ताहिक अपडेट
April 27, 2020support@nrna.orgICC
विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार (२५ अप्रील २०२०)  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ ।गैरआवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।  नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना मुक्तको भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय  नेपाली मध्ये ४ सय ३४ जना कोरोना मुक्त भएको सो समितिले जनाएको छ ।
संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।
समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरु तथा स्थानीय संघसँस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ । यसै बीच कोरोना भाइरसको महमारीबाट प्रभावित भएका नेपालीहरुको  सहयोगार्थ लागि गैरआवासीय नेपाली संघले राष्ट्रिय समन्वय परिषदहरुलाई परिचालन गरेको छ ।
यसै गरी कोरोना महामारी पछि ४१ देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरु मार्फत ९ सय जना स्वयसेवक परिचालन गरेको जानकारी प्राप्त भएको छ ।  कोरोना संक्रमण पछि विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ ।
विभिन्न मुलुकमा रहेका ७० जना भन्दा गैरआवासीय नेपाली चिकित्सक समेतले कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सहयोग गरिरहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण  शुरु भए लगत्तै  संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविडा १९ उच्चस्तरीय समिति गठन गरि कामहरु अघि बढिरहेको छ ।
प्रेश संयोजक,
कोडिभ १९, उच्चस्तरी समिति
गैरआवासीय नेपाली संघ
२६ अप्रिल २०२० ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Post

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved