कोरोनामा समस्या परेका नेपालीहरुको लागि एनसिसि कुवेतले गरेका गतिविधिहरुः

कुवेतमा कोरोना भाइरस(covid-19)संक्रमीत बढे सङ्गै १३मार्च मध्यरात देखि देश पुर्ण लकडाउनमा रहेको छ।त्यसपछि रात्रीकर्फ्यु र पुर्ण एरिया लकडाउन संगै साना तथा मझौला कम्पनीहरु बन्दहुनुको साथै नेपाली रेस्टुरेन्टहरु ब्याबसायहरु समेत बन्द रहेको छ। ७० हजार वैधानिक र करिव ७ हजार अवैधानिक नेपाली श्रमिकहरुले अहिले सम्ममा धेरैले रोजगारि गुमाइसकेको, बेतलबी बिदा बस्नु परेको छ भने सबै भन्दा बढी अवैधानिक रुपमा बसेका महिला घरेलुकामदारलाई गाँस,बासको समस्या दिनदिनै दयनीय बन्दै गइरहेको छ।आज सम्म कुवेतमा २२४८ संक्रमीत भएसङ्गै २९ जना नेपाली संक्रमीत रहेको छ।
यो आपतकालिन घडीमा एनसिसी कुवेतले आइसिसी प्रतिनीधि सम्मिलित आपतकालिन राहत तथा उद्दार समिती बनाई कुनैपनि नेपाली भोकले मर्न नपरोस भन्ने उदेश्यको साथ हालसम्म निम्न प्रकारले काम गरिरहेको छ:-
१)कोरोना पिडित नेपालीहरुको डाटा संकलन गर्ने।
२)अवैधानिक रुपमा बसोबास गरिरहेका नेपालीहरुलाई गाँस,बासको समस्या संगै सामुहिक बसाइको कारणले गर्दा स्वास्थयमा कतिपय समस्या झन-झन जटिल बन्दै गईरहेको छ।कुवेत सरकारले जरिवाना मिनाहागरि हवाई टिकट सहित स्वदेश फर्कनको लागि आममाफिको समय यहि २६ अप्रिल बाट ३० अप्रिल सम्म नेपालीलाई समय दिएको छ । यहि अवसरलाई सदुपयोग गरि अवैधानिक कामदारहरुलाई स्वदेश फिर्तीको निम्ति उचित पहल गरिदिन १३ अप्रीलको दिन एनिसिसी कुवेतले नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारीलाई ज्ञापन पत्र बुझाइसकेको छ।
३)समितीले राहत तथा उद्दारमा थप प्रभावकारी होस भन्ने उदेश्यको साथ एरिया संयोजक बनाई पिडितहरुको डाटा संकलनगरि आएको आएको प्रतिवेदन अनुसार -क)प्राथमिकमा अवैधानिक रुपमा बसेर जो रोजगार गुमाईसकेकाहरु छन। ख) वैधानिक तर कम्पनीबाट रोजगार गुमाइ सकेकाहरु छन। ग) बेतलबी बिदा बसेकाहरुलाई अवस्था पहिचानगरि निम्न स्थानहरुमा राहत वितरण गरियो:-
क)फरवानिया/जाहरा एरिया- अध्यक्ष सुजन केसि,आइसिसी सदस्य अमित राई,कोषाध्यक्ष हर्क बहादुर मोक्तान,सल्लाहकार शिव कोइराला।
ख)साल्मिया एरिया- उपाध्यक्ष राणाध्वज लामा,सचिव माधव शाही।
ग)जेलिप/हसविया पुर्णलकडाउनएरिया- महिला संयोजक रमिता योन्जन,WRCशुमित्रा देबि पौड्याल,सदस्य-वैदेशिक रोजगार प्रमुख उमेश पुडासैनी,सदस्य दामोदर बटला।
घ)फाहिल/सुकअल सबाह/मङ्गाफ एरिया- वरिष्ट उपाध्यक्ष हरि लावती,महिला उपाध्यक्ष अमृता राई।
ङ )फिन्तास एरिया- उपाध्यक्ष होमनाथ गिरी,प्रवक्ता गणेश रावत- रोजगार गुमाइ सकेकाहरु ७ सात जनालाई खाना बस्न सहितको आपतकालिन सेल्टरको ब्याबस्था गरिएको।
च)महाबुल्ला एरिया पुर्णलकडाउन-महासचिव मान बाहदुर तमाङ,सदस्य-वैदेशिक रोजगार प्रमुख उमेश पुडासैनी,सदस्य केशर घलान।
-माहाबुल्ला र जेलिप पुर्ण एरियालकडाउन गरिएको हुनाले दूतावास समेत जाननसक्ने अवस्थामा एनसिसीले “पास”भएको पदाधिकारी पठाई राहत वितरण सम्पन्न गरेको छ भने पचासौं किलोमिटर टाढासम्म लकडाउनको बिच पनि राहत वितरण कार्यक्रमलाई निरन्तर दिदैआइरहेको छ।
-लगातार लकडाउन र कर्फ्यु बिच कतिपय पदाधिकारीज्यूहरु रोजगार गुमाईसकेको र बेतलबी हुदाहुदै पनि एनसिसी कुवेतसङ्ग भएको राहतकोष रित्तोभई सक्दासम्म ४ चार सयजना भन्दा धेरैलाई ५ पाच लाख बराबरको आज सम्म राहत वितरण गरिसकेको छ।यो कठिन समयमा पनि उच्च मनोबलको साथ काम गरिरहनु भएकोमा एनसिसी कुवेतका अध्यक्षज्यू,उपाध्यक्षज्यूहरु,महासचिवज्यू साथै सिङ्गो कार्यसमितिलाई हार्दिक धन्यवाद दिन चाहान्छु। साथै आइसिसी पदाधिकारीज्यूहरुको आट,भरोसा र हौसलाले यहाँसम्मको यात्रा पारगरेका छौ र एनसिसी कुवेत उहाँहरुप्रती पनि आभार प्रकट ब्यक्त गर्दछु।
एनसिसि कुवेत