HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

परराष्ट्रमन्त्रीद्वारा गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुसँग छलफल

परराष्ट्रमन्त्रीद्वारा गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुसँग छलफल
April 21, 2020support@nrna.orgICC

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) ले बढी प्रभावित देशका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुसँग प्रत्यक्ष संवाद गरेका छन् । मन्त्री ज्ञवालीले सोमबार मन्त्रालयबाट विदेशस्थित ११ देशका राष्ट्रिय समन्वय परिषद्का अध्यक्षसँग भिडियो कन्फ्रेन्स कलमार्फत् नेपाली समुदायमा कोरोना भाइरसका कारणले उत्पन्न भएका समस्याका बारेमा जानकारी लिनु भयो ।

उहाँले ‘नेपालमा लकडाउनको अवस्था लम्बिदै गएका कारणले विदेशमा रहेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिनु भयो । विदेशमा अलपत्र परेका नेपालीप्रति सरकार पूर्णरुपमा जानकार र सचेत छ, हामी अवस्था अनुकूल हुने वित्तिकै नेपाल फर्काउने प्रकृया सुरु गछौं, ‘सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतयः खाडी क्षेत्रका नेपाली श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने बिषयमा सकरात्मक छ ।’ बारे जानकारी दिनु भयो ।

सरकारका कूटनीतिक नियोग र गैरआवासीय नेपाली संघसँगको छलफलबाटै समस्याको समाधान निकालिने जानकारी दिदै मन्त्री ज्ञवालीले विदेशमा रहेका गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गर्नु भयो । उहाँले अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्दै कोरोना भाइसरबिरुद्ध जनचेतना, पीडितका लागि राहत वितरणलगायतका काममा गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषदहरुले खेलेको भूमिकाप्रति खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नु भयो ।

मन्त्री ज्ञवालीले कोरोनाबाट प्रभावित देशसँगसमेत सरकारले छलफल गरिरहेको जानकारी दिँदै विदेशस्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा गैरआवासीय नेपाली संघसँग मिलेर काम गर्न नेपाली दूतावासहरुलाई सक्रिय पारिएको जनाउनु भयो ।

बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताउँदै ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन् । धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढेको, लकडाउनको लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक भएको बताउनु भयो । अध्यक्ष पन्तले कोरोना भाइरसले

प्रभावित भएका वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति राहत कार्यक्रममा सरकारसंग मिलेर काम गर्न संघ तयार रहेको बताउनु भयो । उहाँले युरोप अमेरीकाका गैरआवासीय नेपालीभन्दा मध्यपूर्वका देशममा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्या रहेको हुनाले नेपाली श्रमिकका लागि सरकारले पहल कदमी चाल्नु पर्छ बताउनु भयो ।

संघका महासचिव डा. हेमराज शर्माले नेपाल सरकारले विदेशमा रहेका नेपाली चिकित्सकहरुको विज्ञतालाई अहिलेको कोरोना महामारीमा सदुपयोग गर्न सुझाव दिनु भयो । उहाँले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीचको एक संयुक्त कार्यदलमार्फत कोरोना पीडितका लागि राहत वितरण गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

संघको नीति तथा प्रोसिडर समितिका संयोजक रामशरण सिंखडाले वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या ठूलो भएकाले संघको साधनस्रोतले मात्र नपुग्ने हुँदा सरकारको तर्फबाट राहत कार्यक्रममा सहकार्यको लागि आग्रह गर्नु भयो ।

बैठकमा सहभागी राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले विद्यार्थीहरु, भूपूगोर्खा, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या, राहत तथा स्वास्थ्यसम्वन्धी सामग्री वितरण, नेपाल तत्काल फर्कने चाहनेको व्यवस्थापन लगायत विषयमा मन्त्री समक्ष आ–आफ्ना भनाइ राख्नु भएको थियो । उहाँहरुले कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो प्रभाव पर्दा देश आर्थिक मन्दीमा जान सक्ने भन्दै दीर्घकालीन तथा अल्पकालीन आर्थिक नीति तय गर्न सरकारलाई सुझाव समेत दिनु भएको थियो ।

बैठकमा युके, जर्मनी, अमेरिका, इटाली, स्पेन, जापान, युएई, फ्रान्स, दक्षिण कोरिया, साउदी अरब लगायतका देशका राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको सहभागिता थियो । यसै गरी बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागी लगायत परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो ।

गैरआवासीय नेपाली संघ ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved