HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र संघका राष्ट्रिय समन्वय परिषदको संयुक्त बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र संघका राष्ट्रिय समन्वय परिषदको संयुक्त बैठक सम्पन्न
April 20, 2020support@nrna.orgICCNCC
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय  समन्वय परिषद (एनआरएनए आइसीसी) र संघका राष्ट्रिय समन्वय परिषदको संयुक्त बैठक आज शनिवार सम्पन्न भयो । बैठकमा कोरोना भाइसर (कोभिड १९) महामारीबाट विश्वभर छरिएर रहेका नेपाली समुदायमा पारेको प्रभावका वारेमा बिस्तृत छलफल भयो । बैठकमा बिभिन्न देशमा कोरोना भाइरसले पारेको असर र नेपाली समुदायतलाई वितरण गरिएको राहतका सम्बन्धमा बिभिन्न देशका अध्यक्ष तथा महासचिवहरुले आआफ्ना भनाईहरु राख्नु भएको थियो ।
विदेशबाट नेपाल फर्किन चाहने गैरआवासीय नेपालीहरु, कर्मथलोमा फर्किनु चाहने विदामा नेपाल गएका नेपालीहरु र नेपालमा नै अलपत्र परेका श्रमिकहरुलाई सहयोग गर्न सरकारसँग समन्वय गर्नु पर्ने  विषयमा  बैठकमा सहभागीहरुले सुझाव दिएका थिए ।
मध्यपूर्वमा ठूलो सँख्यामा रहेका श्रमिक वर्गलाई संघको एकल प्रयासले मात्र राहत  वितरण गर्न अपुग हुने भएकाले नेपाल सरकारको वैदेशिक रोजगार अन्तर्गतको सामाजिक सुरक्षा कोषमा रहेको रकमलाई तत्काल निकासा गरि बैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका नेपालीहरुको हितमा खर्च गर्नु पर्नेमा राष्ट्रिय समन्वय परिषदहरुले जोड दिएका थिए ।
अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैंठकमा अष्ट्रेलिया, अष्ट्रिया, बहराईन, बेल्जियम, चाईना, क्यानाडा,  साईप्रस, चेक रिपल्लिक, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, आईरल्याण्ड, ईटाली, जापान, केन्या, कोरिया (साउथ), कुबेत, लग्जेम्बर, मकाउ, मलेसिया, माल्टा, निदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे, ओमान, पोल्याण्ड, पोर्चिगल, कतार, रोमानिया, रसिया, साउदी अरब, स्पेन, स्विजल्याण्ड, थाईल्याण्ड, युके, युएई, युएसए लगायतका राष्ट्रिय समन्वय परिषदले आआफ्नो प्रतिवेदन पेश गरेका थिए ।
अधिकांस राष्ट्रिय समन्वय परिषदले पहिलो चरणमा कोभिड १९ बाट बच्ने सचेतना मुलक कार्यक्रमको सञ्चालन गरी दोश्रो चरणमा राहतको कार्यक्रममा केन्द्रित रहेको जानकारी दिएका थिए ।
मुख्यतः वैदेशिक रोजगारमा रहेका मध्यपुर्वका देशहरु, नेपालीहरु भरखर स्थापित हुदै गरेका साईप्रस, ईटाली, स्पेन, बेल्जियम, युके, माल्टा जस्ता देशहरुमा  कागजी प्रकृया पुरा नगरेका नेपालीहरु र विद्यार्थीहरुलाई  तत्काल राहतको आवश्यकता रहेको देखिन आएको छ ।
हाल बिभिन्न देशहरुमा त्यहाँस्थित नेपाली समुदाय, बिभिन्न संघसँस्था र देशमा रहेका नेपाली कुटनीतिक नियोगको सहयोग र समन्वयमा राहत वितरणको भइरहेको छ  ।
अष्ट्रेलिया, कोरीया लगायतका देशमा नेपाली संघसँस्था र नेपाली दुतावासहरु बीचको संयुक्त समिति बनाएर राहतको काममा खटेका छन ।  केही देशमा यस्तै समन्वयको खाँचो देखियो  छ । न्यजिल्याण्डले  स्थानीय निकायहरुबाट समेत आर्थिक सहयोग जुटाएको छ ।
राष्ट्रिय समन्वय परिषदबाट आएका सुझावका सम्वन्धमा छलफल गर्न र अर्को चरणको कार्यक्रम तय गर्न संघ अन्तरगर्तको कोभिड १९ उच्चस्तरीय समिति र सचिवालयको बैठक भोली (आइतवार) बस्दैछ । संघको स्वास्थ्य समितीले संक्रमित र मृत्यु हुनेको साप्ताहिक तथ्याङ्क भोली प्रकाशन गर्दैछ ।
गैरआवासीय नेपाली संघ ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved