HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् द्वारा राहत वितरणः

विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् द्वारा राहत वितरणः
April 17, 2020support@nrna.orgICCNCC

१६ अप्रिल २०२०

कोरोना भाइरस महामारीबाट प्रभावित भएका विभिन्न मुलुकहरुमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले राहत वितरणका कार्यहरु गरिरहेका छन् । समस्यामा परेका बिद्यार्थीहरु, रोजगारीबाट बंचित र अलपत्र परेका  नेपालीहरुलाई लक्षित गर्दै  राहत बितरण भईरहेका छन् ।

राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाले ३ सय ९० जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको छ। परिषदका महासचिव ज्ञानेन्द्र रेग्मीका अनुसार  दाल, चामल, चिनी लगायत दैनिक खाद्यान्न खरिद सामग्रीहरु खरिदमा संघले २० हजार डलर खर्च गरिसकेको छ। “१ हजार १ सय भन्दा बढी नेपालीहरुले फाराम भरेर राहतको माग गर्नुभएको छ। राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले राहत कोष बनाएर राहत बितरणलाई तिब्र पारेका जानकारी महाचिव रेग्मीले दिनु भएको छ । कामकाज ठप्प भएपछि विद्याथीहरुलाई राहत प्याकेजले ठुलो सहयोग मिलेको  छ।

राष्ट्रिय समन्वय परिषद् युएसएले  करिब ४ सय जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको छ। परिषदका अध्यक्ष सुनिल शाहका अनुसार  उनीहरुलाई दाल, चामल, पिठो, चिनी लगायत दैनिक खाद्यान्न खरिद सामग्रीहरु वितरण गरिएको छ ।  भौतिक सामग्री लगायत दैनिक टेलिफोन सेवा पनि उपलव्ध गराएको छ । पछिल्लो दुई सातमा करिब २ हजार नेपालीहरुको लागि कानूनी तथा जनचेतना सम्बन्धी कामहरु भएका छन् ।

यस्तै अफ्रिका क्षेत्रमा रहेका नेपालीहरुले समेत राहत संकलन शुरु गरेका छन् । संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार त्यहाँ रहेका नेपालीहरुले एनआरएनए अफ्रिका क्षेत्रीय कोषको स्थापना गरेर काम अघि बढाएका छन् ।

साईप्रसमा ५ देखि ७ हजार बिद्यार्थीहरु समस्यामा परेपछि एनसिसि साईप्रसले घर-घरमै राहत पुर्‍याउने ब्यबस्था गरेको छ। संघका प्रबक्ता दिनेश गौतमका अनुसार ४ सय ५६ जना बिद्यार्थीहरुले राहत पाईसकेका छन्। त्यहाँ अध्ययनरत बिद्यार्थीहरुले आँफूहरु नेपाल फर्कन चाहेको ईच्छा ब्यक्त गर्दै नेपाली राजदूताबास इजरायलमार्फत नेपाल सरकारलाई घर फर्काउन अनुरोध समेत गरेका छन्।

गैरआवासीय नेपाली संघ यूएईले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपालीहरुको लागि राहत वितरणलाई तिब्रता दिएको छ । संघका अध्यक्ष प्रकाश कोराइराका अनुसार गत सातादेखि हालसम्म १ हजार जना नेपालीहरुलाई राहत वितरण गरिएको जानकारी दिनु भयो यस्तै गैरआवासीय नेपाली संघ कतारले तीन सय भन्दा बढी कोरोना पिडितलाई राहत वितरण गरेको जानकाररी दिएका छन् ।

राष्ट्रिय समन्वय परिषद् स्पेनले १ सय ६७ जना ,पोर्चुगलले १ सय ३३ जना, इटालीले २० जना नेपालीहरुलाई राहत बितरण गरिसकेको जानकारी प्राप्त भएको छ । यसरी नै फ्रान्स, अष्ट्रिया, बहराइन, साउदी अरब, क्यानाडा, अमेरिका, हङ्गकंङ्ग लगायतका देशहरुमा राहत वितरण कार्य सुरु भईसकेका छन्।

यसअघि दक्षिण कोरिया र हङ्गकङ्ग, अष्ट्रेलिया लगायतका देशहरुले स्वास्थ्य सामग्री समेत वितरण गरेका थिए।  एनआरएनएले दक्षिण कोरियाले गत हप्तमा मार्फत ६० लाख बराबरको स्वास्थ्य सम्वन्धी सामग्री नेपाल पठाएको थियो भने अन्य देशहरुले त्यहाँस्थित नेपाली समुदायलाई स्यानिटाइजर, माक्स, थर्ममिटर वितरण गरेका छन् । यसरी नै दोश्रो चरणको लागि दक्षिण कोरीया, चीन, मकाउ र हङ्कङ्गको सहयोगमा करीव १ करोड बराबरको स्वास्थ्य सामाग्रीहरु नेपाल सरकार स्वाथ्य मन्त्रायलाइ हस्तान्तरण गरिने छ । उक्त सामाग्रीहरु चीनबाट स्थल मार्ग हुदै तातोपानी नाकाबाट नेपालमा भित्रिने छ ।

 

गैरआवासीय नेपाली संघ ।

 

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Post

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved