HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

स्वास्थ्य तथा जनसख्या मन्त्रीसंग कोरोना तथा रक्तसंचारको बारेमा छलफल

स्वास्थ्य तथा जनसख्या मन्त्रीसंग कोरोना तथा रक्तसंचारको बारेमा छलफल
April 16, 2020support@nrna.orgICCNCC

गैरआवासीय नेपाली संघको एक टोलिले मिति ५ मार्चका दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री भानुभक्त ढकालसंग  भेटेर COVID-19 (कोरोना) र रक्तासंचारको बारेमा छलफल गरेको छ । COVID-19 (कोरोना भाईरसको कारणले लाग्ने) रोगको रोकथाम तथा संक्रमण हुन नदिन नेपाल सरकारलाई केहि सहयोग चाहिएमा गैरआवासीय नेपाली संघ सधै तत्पर रहेको कुरा उपाध्यक्ष सोनाम लामाले जानकारी गराउनु भयो । वैदेशिक रोजगारमा जानेहरुलाई कोरोना भाईरसको बारेमा जानकारी दिन स्वयंसेवक परिचालन गर्न संघ तयार रहेको र सो को लागि अनुमति दिनका लागि सो टोलीले अनुरोध गरेको थियो ।

त्यसै गरी, सचिव गौरी राज जोशीले चितवनमा घुम्ती रक्तसंचार बैंक (बस) दिने र रक्तसंचार बैंक तथा अनुसन्धान केन्द्र बनाउने कुराको जानकरी गराउनु भयो र यसमा सरकारसंग मिलेर अगाडी बढ्ने कुरा पनि जनाउनु भयो ।

मुलुकलाई कठिनाई पर्दा गैरआवासीय नेपाली संघले देखाएको चासोको प्रसंसा गर्दै ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुनै सहयोग चाहिएमा महेन्द्र प्रसाद श्रेष्ठ, प्रमुख, स्वास्थ्य संयोजन विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खबर र संयोजन गर्ने जानकारी गराउनु भयो । रक्तसंचार क्षेत्रमा  संघले गर्न लागेको कार्य उदाहरणीय रहेको र सरकारले सकेसम्म सहयोग र संयोजन गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

सो बैठकमा संघको तर्फबाट सहकोषाध्यक्ष लोक प्रसाद दाहाल, प्रमुख कार्यकरी अधिकृत हेमन्त दबाडी लगायतको सहभागिता रहेको थियो ।

सचिवालय

गैरआवासीय नेपाली संघ

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Post

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved