HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

गैरआवासीय नेपाली संघद्वारा गृह तथा परराष्ट्र मन्त्रीसंग भेट र कोरोना भाईरसको प्रकोपको प्रभाव बारे छलफल

गैरआवासीय नेपाली संघद्वारा गृह तथा परराष्ट्र मन्त्रीसंग भेट र कोरोना भाईरसको प्रकोपको  प्रभाव बारे छलफल
April 16, 2020support@nrna.orgICC

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको  नेतृत्वको एक टोलिले कोरोना भाईरसको प्रकोप पश्चात गृह मन्त्री माननीय राम बहादुर थापा  तथा परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवालीसंग छुटा छुटै भेट वार्ता गरेको छ  । भेटको अवसरमा संघको तर्फबाट गैरआवासीय नेपालीलाई परेको कठिनाईको विवरण सहित सरकारसंग सहकार्य गर्ने प्रतिबद्धता समेत रहेको पत्र बुझाईएको थियो ।

त्यस क्रममा, संघको धारणा राख्दै उपाध्यक्ष के. सी.ले कोरोनो भाइरस संभावित प्रकोप कम गर्न सरकारले चाल्ने कदममा संघ सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको जानकारी दिनु भयो । साथै उहाँले कतिपय मुलुकबाट नेपाली नागरिक समेत  नेपाल प्रवेश गर्न नपाउने निर्णयले धेरैलाई परेको समस्या अवगत गराउनु भयो । हुनत यात्रालाई कम गरेर संक्रमण रोक्न खोज्नु सरहानिय भए पनि कतिपय अवस्थामा स्वदेश फर्कन खोज्नेहरुलाई रोक्नु व्यवहारिक नभएको धारणा राख्नु भयो । उहाँले समस्यामा परेकाहरुलाई विशेष सहानुभूति पूर्वक हेर्नु पर्ने धारणा राख्नु भयो । उहाँले संघले विश्वभरी छरिएर रहेको नेपालीहरुलाई कोरोना भाईरसको जोखिम बारे जानकारी गराउने तथा सुरक्षित रहनका लागी जागरुकता कार्यक्रम गर्दै आएको जानकारी दिनु भयो । उहाँले संघले हालको अध्यक्ष कुमार पन्तको  अध्यक्षतामा एक विशेष समिति खडा गरी कोरोना भाईरस  संक्रमण बारे र नेपाल सरकारसंग समेत हातेमालो गरी अघि बढ्न प्रयत्नरत रहेको स्पष्ट पार्नु भयो । उहाँले नेपाल लगायत धेरै मुलुकले कोरोना प्रभावित मुलुक बाट आफ्ना नागरिकहरुलाई विशेष उडान गरी फिर्ता समेत ल्याएको परिप्रेक्षमा हाल गरिएको निर्णय न्यायोचित नभएको भन्दै यस सम्बन्धमा उचित निर्णय गर्न आग्रह गर्नु भयो । साथै उहाँले नेपाली मूलको विदेशी नागरिक पनि मूलतः नेपाली भएको र उनीहरुलाई पनि विशेष अवस्थामा नेपाल आउन दिने गरी व्यवस्था मिलाई दिन पनि अनुरोध गर्नु भयो ।

गृह मन्त्री माननीय राम बहादुर थापाले नेपाली वा गैरआसीय नेपालीहरुलाई कोरोनाको संक्रमणबाट बचाउने उद्देश्यले यात्रामा बन्देज गर्ने निर्णय भएको र नेपालमा कोरोनाको संक्रमण हाल सम्म देखा र विश्व स्वास्थ्य संगठनले धेरै व्यक्ति एकिकृत भएको स्थानबाट अन्तर्राष्ट्रिय उडान कम गर्न भनेको बताउनु भयो । वउहाँले गैरआवासीय नेपाली संघले भूकम्पको बेलामा गरेको सहयोग स्मरणीय रहेको भन्नु हुँदै कोरोनाबाट बचाउन पनि सहकार्य गर्ने विश्वास व्यक्त गर्नु भयो ।  उहाँले गैरआवासीय नेपाली संघलाई पनि आगामी बैठकहरुमा बोलाउने र संघ संग मिलेर कोरोना मुक्त नेपाल बनाउन सकिने विश्वास व्यक्त गर्नु भयो ।

त्यसै गरी परराष्ट्र मन्त्री संग भएको भेटघाटको अवसरमा नेपालको आर्थिक विकासमा उल्लेखनीय  टेवा पुर्याउने विदेशमा रहेका नेपाली र गैरआवासीय नेपालीहरुलाई नेपाल सरकारले यो निर्णय दुख दिने नियतले नगरेको भन्दै ज्ञवालीले सबै कुटनीतिक नियोगलाई समस्यामा परेका नेपालीहरुको विवरण लिन  भनेको तथा यो आपतकालीन समयमा सकेसम्म कोहि पनि यात्रा नगरुन र कोरोनको संक्रमणमा नेपालीहरु नपरुन भने हाम्रो चाहना रहेको धारणा राख्नु भयो । हामीले नेपालमा पनि एक सहरबाट अर्को सहरको यात्रालाई कम गर्ने र केहि समयको लागि बन्द गर्न योजना बनाउदै गरेको जानकारी दिनु हुँदै सरकारले गरेको निर्णयलाई सकारत्मक तरिकाले संघले सम्प्रेशण गरोस र समस्यामा पर्यो  भने त्यो विशेष परिस्थितिमा विशेष निर्णय गरिने कुराको पनि विश्वास दिलाउनु भयो । संघले कोरोनाको लागि अघि सारेको पहलहरु एवं प्रस्ताव प्रशंसनिय रहेको र संघ संग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नु भयो । कतिपय विकसित मुलुकले पनि total lock down गरेको कारणले यस्तो निर्णय भएको जानकारी दिनु भयो ।

गैरआवासीय नेपाली संघ ।

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

August 2022
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Jan    
Copyright ©2020 all rights reserved