HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

एनआरएनए स्वास्थ्य समितिको बैठक सम्पन्न

एनआरएनए स्वास्थ्य समितिको बैठक सम्पन्न
April 16, 2020support@nrna.orgICCNCC
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘कोभिड–१९’ उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिको दोश्रो बैठक हिजो आइतबार सम्पन्न भएको छ । पूर्वस्वास्थ्य मन्त्री गगन थापाको विषेश उपस्थितमा सम्पन्न बैठकमा विश्वभर छरिएका दुई दर्जनभन्दा बढी गैरआवासीय नेपाली चिकित्सकको उपस्थिति थियो ।
बैठकमा पूर्वस्वास्थ्य मन्त्री थापाले संघले लिएको अग्रसरताको प्रशंसा गर्दै यो महासंकटमा विदेशमा रहेका नेपालीप्रति आफू बढी चिन्तित रहेको बताए । उनले भने, ‘अहिले सन्त्रासको अवस्था छ, यसको सवल पक्ष भनेको लकडाउन कार्यान्वयन राम्रोसँग भइरहेको छ । स्थानीय तहमा सबै पक्ष एकै ठाउँमा उभिएर काम गरिरहेका छन् ।’
आफ्नो निर्वाचन क्षेत्रमा ६ सय परिवारलाई खाना बस्नको समस्या देखिएको भन्दै थापाले भने, ‘अगामी बजेट बनाउँदा राम्रोसँग नसोच्ने हो भने भयावह अवस्था सिर्जना हुनसक्छ ।’
भारतीय सीमामा रहेका नेपाली समुदाय अनियन्त्रित ढंगले नेपाल भित्रिरहेका छन्, थापाले भन्नु भयो, भारतको लकडाउन खुल्यो भने लाखौं नेपाली देश फर्कने तयारीमा छन् । स्थानीय स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री उपलव्ध छैन्, पैसा भए पनि बजारमा स्वास्थ्य सामग्री उपलब्ध छैन, ठूलो संख्यामा नियमित औषधी उपचार गर्ने मानिसहरु प्रभावित छन् ।’
कोराना भाइरस संक्रमणमा नेपालका स्वास्थ्यकर्मीले उत्कृष्ट काम गरेको भन्दै उहाँले प्रशंसा गर्नु भयो । लडकडाउनलाई निरन्तरण दिनुपर्ने थापाको भनाइ थियो, स्थानीय सरकारले राम्रो काम गरेको बताउँदै उनले भने, ‘गाउँपालिकामा राम्रोसँग तथ्याकं संकलन भइरहेको छ ।’ विदेशमा रहेका नेपाली देश फर्कन पाउनुपर्ने नैसर्गिक अधिकार भएको उहाँको भनाइ थियो ।
स्काइप कन्फ्रेन्स कलमार्फत बैठकलाई सम्वोधन गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तले स्वास्थ्य सामग्री नेपाल पठाउन सफल भएको जानकारी बैठकलाई गराउनु भयो । ‘कस्टमको कारणले स्वास्थ्य सामग्री चीनमा रोकिएको बारे जानकारी गराउनु भयो । आवश्यक परेमा थप सामग्री गैरआवासीय नेपाली संघ दिन तयार रहेको समेत बताउनु भयो । उहाँले समस्यामा परेका विद्यार्थी र श्रमिकमा केन्द्रीत रहेको भन्दै उनले विदेशमा बसेका नेपालीको सुरक्षा एनआरएनएको पहिलो प्रथामिकतामा रहेको बताउनु भयो । समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न गैरआवासीय नेपाली संघले एनसिसिहरुलाई परिचालन गरिएको जानकारी दिँदै १ हजार ५ सय नेपाली संक्रमित भएको सूचना संघलाई प्राप्त भएको जानकारी पनि गराउनु भयो । यसरी नै उहाँले २४ सै घण्टा हेल्प लाइनको व्यवस्था गरिएको छ, धेरैले नेपाल फर्किन चाहेका छन्, विदेशमा धेरै नेपाली अल्झेर बसेका छन्, विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउन सरकारसँग संवाद भइरहेको बैठकलाई अवगत गराउनु भयो
अस्ट्रेलियाबाट डा. कुश श्रेष्ठले गैरआवासीय नेपाली संघले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई पिपिइ दिने योजना रहेको बताए ।
डा. पुरु श्रेष्ठले स्वास्थ्य समितिले तत्काल गर्नुपर्ने काममा केन्द्रित रहेको बताउनु भयो । उहाँले अल्पकालीन र दीर्घकालीन नीति तय गरिने र डिजास्टर म्यानेजमेन्ट सम्वन्धी छुट्टै निकायमार्फत काम गर्नुपर्ने बिचार व्यक्त गर्नु भयो ।
डा. भुपेन्द्र बस्नेतले संघको सक्रियतामा बिभिन्न अस्पतालमा स्याम्पल लैजानको लागि छुट्टै एम्बुलेन्स तयारी अवस्था राखिएको जानकारी दिनु भयो । उहाँले नेपालमा अस्पताल र सरकारी निकायबीच समन्वयको अभाव रहेको पनि जानकारी दिनु भयो ।
नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. नारायणबिक्रम थापाले राम्रो पिपिइ नभएका कारण चिकित्सक मानसिक रुपमा दबाबमा रहेको बताउनु भयो । उहाँले  ‘कोविड–१९ को लागि छुट्टै अस्पतालको अभाव छ, उपलव्ध पिपिइको गुणस्तर मापन गर्न छुट्टै संयन्त्र आवश्यक छ भन्नु भयो ।
डा. सुनिता हिराचनले नेपालमा फिल्डमा काम गर्ने स्वास्थकर्मीका लागि स्वास्थ्य सामग्री प्रयाप्त मात्रामा नभएको बताउनु भयो। क्षेत्रीयस्तरमा टेस्ट सुरु भएको छ, ७५ प्रतिशत भेन्टिलेर भरिएको र सरकारले थप भेन्टिलेरको प्रबन्ध गर्न लागेको बताउनु भयो ।
दक्षिण कोरियाबाट डा. देवी बस्नेतले कोरियामा रहेका गैरआवासीय नेपालीको सक्रियतामा संकलित स्वास्थ्य किटलगायतको स्वास्थ्य सामग्री नेपाल पठाइसकिएको जानकारी दिनु भयो ।
बैठकमा युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका क्षेत्रमा सक्रिय चिकित्सकले आ–आफ्नो क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभावबारेमा धारण राखेका थिए ।
बैठकमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघका पछिल्ला गतिविधिबारे धारणा राख्नु भयो । उहाँले बैदेशिक रोजगारमा मध्यपूर्वमा रहेका नेपालीको अवस्था भयानक हुनसक्ने बताउनु भयो ।
बैठकमा सत्य चौधरी, डा. बोधराज सुवेदी, डा. शक्ति चौरसीया (नेपाल), डा. सरोज निरौला, अतुल कोइराला, डा द्रोण रसली, डा. सुरज थापा, मञ्जु संग्रौला, डा. नितेश अर्याल, गोबिन्द श्रेष्ठ (सिकागो) निरन्जन पन्त, डा सुजित हिराचन, डा कुश श्रेष्ठ, डा प्रमोद रेग्मी (युके), मन थापा (अफ्रिका), डा नितेश अर्याल, लगायतको सहभागिता थियो । उहँहरु सबै आआफ्नो धारणाहरु राख्नु भएको थियो ।
बैठकमा एनआरएनए हेल्थ समितिका संयोजन डा. सञ्जीव सापकोटाले आगामी दिनमा समेत क्षेत्रीय स्तरमा स्वास्थ्य सम्वन्धी अन्तरक्रिया संचालन गरिने जानकारी गराउनु भयो ।
‘कोभिड १९’  उच्चस्तरीय समिति,
गैरआवासीय नेपाली संघ

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved