HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

एनसिसि दक्षिण कोरियावाट प्राप्त स्वास्थ्य सम्बन्धी सामाग्री नेपाल सरकारलाई हस्तान्तरण

एनसिसि दक्षिण कोरियावाट प्राप्त स्वास्थ्य सम्बन्धी सामाग्री नेपाल सरकारलाई हस्तान्तरण
April 16, 2020support@nrna.orgICCNCC
नेपालमा कोभिड १९ बिरुद्ध लड्न सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँ रहनु भएका अभियन्ताहरुको सहकार्यमा संकलित रकम बाट खरिद गरिएको करिव रु ६० लाख बराबरको स्वास्थ्य समाग्री हिजो एक कार्यक्रम वीच नेपाल सरकारलाई हस्तान्तरण गरियो ।  उक्त सामाग्रीमा ४००० पि सी आर टेष्ट किट ४०००, पि पि ई ५०० सेट, आर एन ए मिनि किट १६ प्याकेट  रहेका छन् ।
कोरियामा उत्पादित पि सी आर टेष्ट किटले परिक्षण गरेको  तीन घण्टामा नतिजा दिन्छ । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिकिट २० डलर पर्छ ।
किटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भए लगत्तै किट खरिद गरी दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासको समेत समन्वयमा  कोरियन एयरलाइन्सको चार्टर्ड बिमानवाट  १० अप्रिल शुक्रबार नेपाल आइपुगेको थियो ।
उक्त सामाग्री संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य तथा जनसंख्या मंत्रालयका सचीव युवराज कोईरालालाई हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा संघका एसिया प्रशान्त क्षेत्रिय संयोजक गोविन्द श्रेष्ठ (रोविन्द), राष्ट्रिय समन्वय परिषद कोरियाले गठन गरेको अनुगमन समिति संयोजक रुद्र शर्मा, दक्षिण कोरियाका लागि पुर्व कर्यबाहक राजदुत यादव खनाल, कोरिया स्थित नेपाली सामाजिक अभियन्ता यम श्रेष्ठ, राष्ट्रिय समन्वय परिषदका सदस्य बिश्व मणि दहाल, राष्ट्रिय समन्वय परिषद बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ लगायतको उपस्थिति थियो ।
राष्ट्रिय समन्वय परिषदहरु कोरिया, चीन, माकाउ, हङकङ ले जम्मा गरेको झण्डै १ करोड बिस लाख रुपैयाँ बराबरको खरिद गरिएको स्वास्थ्य समाग्री चीनको ग्वाङझाउ वाट नेपाल ल्याइने क्रममा रहेको छ ।
गैरआवासीय नेपाली संघ

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved