HealthFlex
×
  • Home
  • About Corona
  • Video Gallery
  • Updates/ Activities
  • Downloads
  • Contact
  • FAQ

गैरआवासीय नेपाली संघको हेल्पलाइन मार्फत प्राप्त भएका जानकारीहरुः

गैरआवासीय नेपाली संघको हेल्पलाइन मार्फत प्राप्त भएका जानकारीहरुः
April 15, 2020support@nrna.orgICCNCC

गैरआवासीय नेपाली संघले १२ अप्रिल देखी विदेशमा कोभिड-१९ कारण समस्यामा परेका नेपालीहरुको लागि २४ सै घण्टा हेल्पलाईन संचालन गरिरहेको छ । उक्त हेल्प लाइनमा फोन गर्ने अधिकांशले नेपाल फर्किने ईच्छा देखाएका र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् ।

हटलाइनमा फोन गर्नेहरु मध्ये ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली रहेका छन् । यसमा पनि खास हालसालै विदेशमा अध्ययन गर्न गएका विद्यार्थहरु रहेका छन् । उनीहरुले जसरी भएपनि नेपाल फर्काउनको लागि नेपाल सरकारसंग पहल गरिदिनको लागि अनुरोध गरेका छन् ।

मध्यपूर्वमा समस्यामा पर्नेहरुमा प्रायजसो जागिर छुटेका वा कम्पनीबाट राजिनामा दिएर नेपाल फर्कनको लागि तयारी गर्नेहरु छन् । गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिवाभकहरु धेरै चिन्तित

देखिएका छन् । ती मध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेका छन् ।

युएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्विक, फिनल्यान्ड, अमेरिका, युकेलगायत अन्य देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले विभिन्न माध्यमबाट संघ समक्ष आ–आफ्ना समस्या राखिरहेका छन् ।

विदेशबाट छुट्टीमा नेपाल आएकाले भिषा सकिएपछि तत्काल सम्बन्धित देशमा जाने व्यवस्था गरिदिन समेत गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् । गैरआवासीय नेपालीबाट प्राप्त भएका सुझाव र समस्यालाई समाधान गर्न राष्ट्रिय समन्वय परिषद र विदेशस्थित नेपाली कुटनीतिक नियोगसँग समन्वयन गरी काम अघि बढाइएको छ ।

गैरआवासीय नेपाली संघ

१४ अप्रील २०२०

Add Comment Cancel

You must be logged in to post a comment.

Recent Posts

  • गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति कोरोना अपडेट – ५९
  • गैरआवासीय नेपाली संघ –एनआरएनए) (कोभिड – १९) तथ्यांक अपडेट – ५६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ५३
  • गैरआवासीय नेपाली संघ -एनआरएनए_ कोभिड–१९ तथ्यांक अपडेट – ५०
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट – ४८
  • गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट – ४७
  • गैरआवासीय नेपाली संघ : कोभिड–१९ तथ्यांक अपडेट – ४६

Important Links

World Health Organisation
Ministry of Health and Population Nepal
Health Emergency Operation Center

Recent Post

Calender

February 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728  
« Jan    
Copyright ©2020 all rights reserved