परराष्ट्रमन्त्री ज्ञावाली र गैरआवासीय नेपाली संघका अध्यक्ष बीच वार्ता
विभिन्न मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र गैरआवासीय नेपाली संघ का अध्यक्ष कुमार पन्तबीच हिजो मंगलबार टेलीफोन वार्ता भएको छ ।
अध्यक्ष पन्तले विदेशमा कोरोना भाइरसका कारण समस्यामा रहेका धेरैजसो नेपालीहरु स्वदेश फर्किन चाहेको र कतिपय कठिन अवस्थामा रहेर जीवनयापन गरिरहेका नेपालीहरुबारे मन्त्री ज्ञवालीलाई अध्यक्ष पन्तले जानकारी गराउनु भयो ।
मन्त्री ज्ञवाली र अध्यक्ष पन्तबीच राहत पुर्याउने विषयमा पनि छलफल भएको थियो । विभिन्न मुलुकमा रहेका नेपालीका बारेमा आफूले पनि दूतावास लगायत विभिन्न माध्यमबाट जानकारी लिइरहेको र सरकार यस विषयमा संवेदनशील रहेको मन्त्री ज्ञवालीले अध्यक्ष पन्तलाई बताउनु भएको थियो ।
यसरी नै उहाँले यो गंभीर परिस्थितिमा जो जहाँ छौँ, धैर्यतापूर्वक त्यहीँ रहन आग्रह गर्नु भएको र परिस्थितिको जटिलता हेरि यस बारे निर्णय गरिने जानकारी गराउनु भयो । आफ्ना नागरिकलाई कुनै हालतमा अलपत्र हुन नदिने विश्वास पनि उहाँले दिलाउनु भयो ।
परराष्ट्र मन्त्री ज्ञावाली र अध्यक्ष पन्तबीचको वार्तामा तत्काललाई नेपाल सरकार, दूतावास र गैरआवासीय नेपाली संघले मिलेर विदेशमा रहेका नेपालीलाई सहायता पुर्याउने समझदारी पनि बनेको छ ।
धेरै मुलुकमा दूतावास र गैरआवासीय नेपाली संघ समेतको पहलमा सहायता पुर्याउने काम भइरहेको छ । यसलाई थप प्रभावकारी बनाउँदै राहत र उद्धारका काममा समन्वय गर्न सरकार र गैरआवासीय नेपाली संघ दुवै सहमत भएका छन् । अहिलेको अवस्थामा जो जहाँ छौँ, सतर्क र सुरक्षित रहौँ । सहयोगको आवश्यक परे दूतावास वा गैरआवासीय नेपाली संघको सचिवालय, विदेशमा रहेका राष्ट्रिय समन्वय परिषदलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
गैरआवासीय नेपाली संघ ।
Please provide contact details of NRN UAE chapter. I am based in Dubai and I would like to contribute.
Dear Rosie Rai ji,
You can make contribution to NRNA through: https://nrna.org/donate.The contact details of NCC UAE is ae.president@nrna.org or ae.generalsecretary@nrna.org.
Thank You!!!!!